२०८३, कार्तिक १३ गते शुक्रबार

लक्ष्यअनुसार राजस्व संकलन गर्न अर्थमन्त्रालय सफल, फागुन मसान्तसम्म ५८ प्रतिशत राजश्व संकलन

लक्ष्यअनुसार राजस्व संकलन गर्न अर्थमन्त्रालय सफल, फागुन मसान्तसम्म ५८ प्रतिशत राजश्व संकलन


  • मेरोभ्यूज
  • चैत्र ३, २०७८ बिहीबार

  • लक्ष्यअनुसार राजस्व संकलन गर्न अर्थमन्त्रालय सफल, फागुन मसान्तसम्म ५८ प्रतिशत राजश्व संकलन

    काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो चौमासिक (गत साउनदेखि फागुन मसान्तसम्म) लक्ष्य अनुसार राजश्व संकलन गर्न सफल भएको छ । 

    महालेखा नियन्त्रक कार्यालयको बुधबारसम्मको तथ्यांकअनुसार सरकारले चालु आवको आठ महिनामा लक्ष्यको ५८ दशमलव ३१ प्रतिशत राजश्व संकलन गर्न सफल भएको हो । 

    सरकारले चालु आवमा रु एघार खर्ब ८० अर्ब ६० करोड बराबरको राजश्व संकलनको लक्ष्य राखेकामा हालसम्म रु छ खर्ब ८८ अर्ब ३८ करोड ३० लाख बराबरको राजश्व संकलन भएकोे छ ।

    आठ महिनाको अवधिमा सरकारले संकलन गरेको राजश्वमध्ये कर राजश्वतर्फ रु छ खर्ब ३१ अर्ब ५२ करोड संकलन भएको छ । 

    जुन लक्ष्यको ५९ दशमलव १३ प्रतिशत हो । सरकारले मंगलबारसम्म गैरकर राजश्वतर्फ रु ५६ अर्ब ८६ करोड ४८ लाख र अनुदानतर्फ रु १३ अर्ब ८८ करोड ३३ लाख राजश्व संकलन गरेको छ । अन्य प्राप्तितर्फ रु ३८ अर्ब राजश्व संकलन भएको छ ।

    न्यून पुँजीगत खर्च
    सरकारले लक्ष्य अनुसारको राजश्व संकलन गरेतापनि पुँजीगत खर्च न्यून भएको पाइएको छ । महालेखा नियन्त्रकको तथ्यांक अनुसार चालु आवको आठ महिनाको अवधिमा सरकारले लक्ष्यको २० दशमलव ७३ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ । 

    यस अवधिमा सरकारले पुँजीगत खर्च तर्फ रु ७८ अर्ब ८३ करोड ७२ लाख खर्च गरेको छ । सरकारले यस वर्ष रु तीन खर्ब ७८ अर्ब पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो ।

    कुल खर्चतर्फ मंगलबारसम्म लक्ष्यको ४१.५१ प्रतिशत बजेट खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख खर्च गर्ने लक्ष्यमा आठ महिनाको अवधिमा रु छ  खर्ब ७५ अर्ब २९ करोड ७० लाख मात्र खर्च भएको छ । 

    यसमध्ये चालु शीर्षकमा विनियोजित बजेटको ५०.६६ प्रतिशत बजेट खर्च भएको छ । चालु शीर्षकमा रु दश खर्ब ६५ अर्ब २९ करोड बराबर विनियोजन भएकामा हालसम्म रु पाँच खर्ब ३९ अर्ब ६८ करोड बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 

    वित्तीय व्यवस्थातर्फ कुल विनियोजित बजेटको ३१.५२ प्रतिशत बजेट खर्च भएको छ । यस शीर्षकमा रु एक खर्ब ८९ अर्ब ४३ करोड बराबर विनियोजन भएकामा रु ५९ अर्ब ७१ करोड ४५ लाख मात्र खर्च भएको छ । 

     


    प्रकाशित : बिहीबार , चैत्र ३ २०७८०७:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार