
काठमाडौँ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हालै नयाँ बानेश्वर, बुद्धनगर, काठमाडौँमा कम्पनीका अध्यक्ष राधेश्याम खड्काको सभापतित्वमा सम्पन्न सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट आ.व. २०८२/०८३ वार्षिक प्रतिवेदन पारित गरेको छ ।
साधारण सभाले आ.व. २०८२/०८३ को लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ भने आ.व. २०८३/०८४ लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा कम्पनीको नियमावली संशोधन सम्बन्धसमेत साधारण सभामा पारित भएका छन् ।
साधारण सभामा जानकारी गराइए अनुसार कम्पनीको चुक्ता पूँजी रु. ८०,००,००,०००।०० रहेको छ भने सेयर धनीका लागि ६५% बराबर हुने रु. ५२,००,००,०००।०० चुक्ता भएको र जारी पूँजीमध्ये बाँकी ३५% ले हुन आउने रकम रु. २८,००,००,०००।०० सर्वसाधारणलाई प्राथमिक शेयर आइपिओ जारी स्वीकृत भएको समेत साधारण सभामा जानकारी गराइएको थियो ।
त्यसैगरी २०८३ असारसम्म कम्पनीले रु. १४,५५,६२,१०८।८८ खुद आम्दानी गरी अन्य आम्दानीको रुपमा भने रु. २१,६८,५०६।०० आम्दानी गरेको छ ।
यसैगरी कम्पनीको अधिकृत तथा जारी पूँजी रु. १,४१,७१,२६,८००।०० हुन गइ चुक्ता पूँजीतर्फ रु. ८०,००,००,०००।०० रहन गएको छ । साधारण सभामा उपस्थित शेरधनीहरूद्वारा उठाइएका विभिन्न सवालहरूको जवाफ अध्यक्ष खड्का तथा अन्य पदाधिकारीहरूले दिएका थिए । यसैबीच विविध कार्यक्रमका साथमा साधारण सभा सम्पन्न भएको थियो ।
दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकास्थित घट्टेखोलामा ५ मेगावाट क्षमता भएको सो हाइड्रोपावरले २०७७ कार्तिकबाट व्यावसायिक उत्पादन शुरु गरी बिक्री वितरण गर्दै आइरहेको छ ।


