काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.९४ अङ्कले ओरालो लागेर दुई हजार ७३२.५१ मा ओर्लेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले घटेर ५१८.६४ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर रु दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० मूल्यमा कारोबार भयो ।
नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १२.३३, जलविद्यत् २.५९, उत्पादन ०.११, अन्य ५.१२, सामूहिक लगानी कोष ०.०२ अङ्कले उकालो लागेको छ ।
बैंकिङ ०.०७, होटल तथा पर्यटन ९.७, विकास बैंक २०.३, वित्त १०.६३, निर्जीवन बीमा ६.२, लघुवित्त ४.४७, जीवन बीमा ५४.६१, लगानी ०.३४ अङ्कले ओरालो लागेको छ ।

