२०८३, कार्तिक १३ गते शुक्रबार

निर्यात प्रवर्द्धन र लगानी अभिवृद्धिमा निजी क्षेत्रकाे जोड

निर्यात प्रवर्द्धन र लगानी अभिवृद्धिमा निजी क्षेत्रकाे जोड


  • मेरोभ्यूज
  • माघ १८, २०७८ मंगलबार

  • निर्यात प्रवर्द्धन र लगानी अभिवृद्धिमा निजी क्षेत्रकाे जोड

    काठमाडौं । निजी क्षेत्रका छाता संगठनले नेपाली वस्तुको निर्यात अभिवृद्धि, बेलायती लगानी बढाउने तथा विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि बेलायती बजारमा नेपाली वस्तुको सुविधायुक्त प्रवेशको वातावरण सिर्जना गर्न बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँग आग्रह गरेका छन् । 

    नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले आज राजदूत आचार्यसँग छुट्टाछुट्टै छलफल गरी नेपालको पूर्वाधार क्षेत्रमा लगानीको ठूलो आवश्यकता रहेकाले त्यसतर्फ बेलायती लगानीकर्तालाई आकर्षित गर्ने ढंगबाट पहल गर्नु आग्रह गरेका हुन् । 

    महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालसँग निकै पूरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको उल्लेख गर्दै लगानीका सम्भावना पहिल्याउँदै नेपालमा लगानीका लागि त्यहाँका उद्योगीलाई प्रोत्साहित गरिनुपर्ने बताए । पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत्को सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको भन्दै उनले यी विषय बेलायती लगानीकर्ताका माझ र्पुयाउन सक्नुपर्ने बताए ।

    IMG_0030.JPG

    परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले विकासशील राष्ट्रमा नेपालको स्तरोन्नतिपछि नेपालले पाइरहेको व्यापार सुविधा कटौती हुन सक्ने भन्दै त्यसको निरन्तरताका लागि पहल गर्न राजदूत आचार्यसँग आग्रह गरे । उनले बेलायती पर्यटकका लागि नेपाल उत्कृष्ट भ्रमण गन्तव्य हुन सक्ने भएकाले पर्यटन प्रवद्र्धनमा काम गर्नुपर्नेमा पनि जोड दिए ।

    “नेपाल र बेलायतबीच सिधा हवाई सम्पर्क स्थापित गर्न सक्दा त्यसले पर्यटन प्रवद्र्धन र नेपाली वस्तुको निर्यातमा योगदान दिन सक्छ,” उनले भने, “नेपाललाई शैक्षिक गन्तव्यको रूपमा पनि विकास गर्न सकिन्छ, हामीसँग त्यसको पर्याप्त सम्भावना छ ।”

    छलफलमा नवनियुक्त राजदूत आचार्यले नेपालमा उत्पादन हुने वस्तुहरूको बेलायती बजारमा प्रवद्र्धनका लागि आफूले काम गर्ने बताए । उनले बेलायतमा नेपाली गलैँचा, हस्तकला, तयारी पोशाक, चिया, कफी जस्ता वस्तुको अधिक सम्भावना रहेको र नेपाली वस्तुहरूमाथि बेलायती नागरिकको विश्वास पनि रहेकाले त्यस्ता वस्तुको निर्यात प्रवद्र्धनमा निजी क्षेत्रसँग मिलेर काम गर्ने उल्लेख गरे ।


    प्रकाशित : मंगलबार, माघ १८ २०७८०८:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार