२०८३, कार्तिक १३ गते शुक्रबार

अर्थमन्त्री शर्माले भने, विकासको बाधक अदालतको आदेश भइरहेको छ

अर्थमन्त्री शर्माले भने, विकासको बाधक अदालतको आदेश भइरहेको छ


  • मेरोभ्यूज
  • मंसिर १५, २०७८ बुधबार

  • अर्थमन्त्री शर्माले भने, विकासको बाधक अदालतको आदेश भइरहेको छ

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानूनको आवश्यकता भएको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती तथा सेजन अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै उनले त्यसका लागि ऐन संशोधनको कार्य अघि बढेको जानकारी दिए । 

    उनले विकासका सानाति कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ले विकासमा ढिलाइ हुने गरेको बताउँँदै विकासका लागि विशेष कानूनको आवश्यकता औँल्याए । ‘सामान्य बाटो खन्दा अदालतबाट ‘स्टे अर्डर’ हुन्छ, त्यसले बाटो बनाउन समस्या उत्पन्न हुन्छ । योसँगै जग्गा अधिग्रहण, वातावरणीय अध्ययन वर्षौँ लाग्नेलगायत कुरा छन्’, उनले भने, ‘यसका लागि छुट्टै विकास ऐनको आवश्यकता महसुस भएको छ । अहिले त्यसको तयारी भइरहेको छ ।’

    उनले अहिलेको खर्च प्रणालीले भनेअनुसार लक्ष्य प्राप्त नभइरहेकाले नयाँ विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए । नयाँ प्रणाली ल्याउने बारे पनि छलफल भइरहेको उनले जानकारी दिए । 

    ‘अहिले जे छ, त्यहीँ प्रणालीले भनेअनुसार खर्चको लक्ष्य प्राप्त नभइरहेको अवस्थामा नयाँ तरिका ल्याउनुपर्ने आवश्यकता पनि देखिएको छ’, उनले भने, ‘नयाँ मोडालिटी ल्याउने कुरामा पनि छलफल भइरहेको छ ।’ मन्त्री शर्माले पछिल्लो समय केही वस्तुको आयातमा कडाइ गरिएको बताएका छन् । नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै सो जानकारी दिएका हुन् । 

    ‘वैध रूपमा अवैध काम भइरहेको’ भन्दै उनले भन्सारमा कडाइ गरिएको बताए । त्यसरी कडाइ गर्दा ठूलो मात्रामा सुन भित्रिएको उनले बताए । 

    ‘वैध रूपमा अवैध काम भइरहेको छ यहाँ’, मोबाइल पनि अवैध रूपमा भित्रिइ रहेकाप्रति सङ्केत गर्दै मन्त्री शर्माले भने, ‘सुनको बाला बनायो अनि लगाएर आयो । त्यस्तालाई केही समय जफत नगरौँ भनेर नीति लिएर निगरानी गर्दा दैनिक २१÷२२ किलो सुन आएको भेटियो ।’ 

    उनले त्यस्ता सुनको भन्सार लिएर छाडिएको समेत जानकारी दिए । उनले मोबाइल कम्पनी नेपालमै स्थापना गर्न व्यवसायीलाई आग्रह गरे । त्यसका लागि अर्थ मन्त्रालयको तर्फबाट सहजीकरण गर्न तयार रहेको समेत उनले बताए । 


    प्रकाशित : बुधबार, मंसिर १५ २०७८०३:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार