२०८३, कार्तिक १३ गते शुक्रबार

वाणिज्य बैंककाे निक्षेप सात अर्बले घट्याे

वाणिज्य बैंककाे निक्षेप सात अर्बले घट्याे


  • मेरोभ्यूज
  • मंसिर १३, २०७८ सोमबार

  • वाणिज्य बैंककाे निक्षेप सात अर्बले घट्याे

    काठमाडाैं । वाणिज्य बैंकहरुमा निक्षेपको मात्रा क्रमशः घट्दै गएको पाइएको छ । नेपाल बैंकर्स सङ्घले उपलब्ध गराएको विवरणअनुसार पछिल्लो एक सातामा निक्षेप कूल रु सात अर्बले घटेको छ ।

    सङ्घका अनुसार यही मङ्सिर ३ गते ४२ खर्ब २६ अर्ब रूपैयाँ रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा ४२ खर्ब १९ अर्ब रूपैयाँमा सीमित भएको छ । यस्तै मङ्सिर ३ गतेसम्म रु ४० खर्ब ४१ अर्ब बराबरको कर्जा लगानी गरेका वाणिज्य बैंकले मङ्सिर १० गतेसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब रूपैयाँ बराबरको लगानी गरेका छन् ।

    यस आधारमा एक सातामा नै रु १४ अर्ब रूपैयाँ बराबरको कर्जा लगानी भएको देखिन्छ । गत साउन पहिलो साता ४१ खर्ब ५८ रूपैयाँ बराबर रहेको निक्षेप मङ्सिर १० गतेसम्म आइपुग्दा ४१ खर्ब १९ अर्ब रूपैयाँमा सीमित भएको छ ।

    यस्तै, साउनको पहिलो सातामा ३७ खर्ब ६ अर्ब रूपैयाँ रहेको कर्जा मङ्सिर १० गतेसम्म आइपुग्दा ४० खर्ब ५५ अर्ब रूपैयाँ पुगेको छ । निक्षेप भने अपेक्षित रुपमा थपिन सकेको छैन ।

    गत असोज ३१ गतेसम्म सबैभन्दा बढी ४२ खर्ब ६९ रूपैयाँ निक्षेप रहेको थियो । त्यसपछि लगातार निक्षेप घट्ने क्रममा छ । पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको तथा विप्रेषण आप्रवाहमा समेत गिरावट आएका कारण वाणिज्य बैंकमा निक्षेप बढ्न नसक्दा तरलताको समस्या देखिएको छ ।


    प्रकाशित : सोमबार, मंसिर १३ २०७८०८:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार