२०८३, कार्तिक १३ गते शुक्रबार

गोरक्ष हाइड्रोपावर लिमिटेडको आ.व. २०८१/०८२ को वार्षिक साधारणसभा सम्पन्न, आगामी आ.व.मा आइपिओ जारी गर्ने

गोरक्ष हाइड्रोपावर लिमिटेडको आ.व. २०८१/०८२ को वार्षिक साधारणसभा सम्पन्न, आगामी आ.व.मा आइपिओ जारी गर्ने


  • मेरोभ्यूज
  • फाल्गुण ४, २०८२ सोमबार

  • गोरक्ष हाइड्रोपावर लिमिटेडको आ.व. २०८१/०८२ को वार्षिक साधारणसभा सम्पन्न, आगामी आ.व.मा आइपिओ जारी गर्ने

     

    काठमाडौं । हालै गोरक्ष हाइड्रोपावर लिमिटेडको आ.व. २०८१/०८२ को वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ ।

    काठमाडौँ, बत्तिसपुतलीमा कम्पनीका अध्यक्ष लालप्रसाद सावा लिम्बुको सभापतित्वमा सम्पन्न सो साधारण सभाले आ.व. २०८१/०८२ को कम्पनीको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

    साधारणसभाले आ.व. २०८१/० ८२ को लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखा परीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा विविध विशेष प्रस्तावहरूसमेत साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा कम्पनीले जानकारी गराएअनुसार अधिकृत पूँजी रु. १,५०,००,००,०००।०० रहेकोमा रु. १,८०,००,००,०००।०० पुर्याउने लक्ष्य राखेको छ भने जारी पूँजी पनि रु. १,८०,००,००,०००।०० पुर्याउने लक्ष्य कम्पनीले राखेको छ ।

    धादिङ जिल्लास्थित आँखुखोलाको पानी उपयोग गरी विद्युत उत्पादन गर्न २४.४ मेगावाट क्षमता जडित सो आयोजना सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण गर्ने कार्य अघि बढिरहेको समेत कम्पनीले जनाएको छ ।

    यसै क्रममा कम्पनी सञ्चालनका लागि आवश्यक पर्ने बाटाघाटा सुरुङ मार्ग निर्माण कार्य भइरहेको छ भने बेलीब्रिज पावरहाउस निर्माणजस्ता कार्य अगाडि बढिरहेको छ ।

    कम्पनीले जनाए अनुसार ८५% काम सम्पन्न भइसकेको छ भने आगामी आ.व.मा कम्पनीले आइपीओ जारी गर्ने समेत जानकारी दिएको छ ।

    साधारणसभामा सेयर धनीहरूद्वारा उठाइएका विभिन्न सवालहरूको जवाफ अध्यक्ष लिम्बुले दिएका थिए भने अन्य पदाधिकारीहरूले समेत जिज्ञासाको जवाफ दिएका थिए । यसैबीच विविध कार्यक्रमका साथमा साधारण सभा सम्पन्न भएको थियो ।


    प्रकाशित : सोमबार, फाल्गुण ४ २०८२१०:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार