२०८३, कार्तिक १३ गते शुक्रबार

क्यारिना सहकारीमा पुन: बिष्टको नेतृत्व

क्यारिना सहकारीमा पुन: बिष्टको नेतृत्व


  • मेरोभ्यूज
  • पौष १७, २०८२ बिहीबार

  • kyarina Saccos Agm 17a .jpg

    काठमाडौं । हालै सम्पन्न क्यारिना बचत तथा ऋण सहकारी सस्था लि.पुल्चोक ललितपुरको १७औं बार्षिक साधारणसभाले सस्थाको संचालक समितिको अध्यक्षमा पुनः चेतराज बिष्टलाई निर्वाचित गरेको छ ।

    धोबिघाट, ललितपुरमा सम्पन्न सो साधारणसभाले उपाध्यक्षमा कृष्णराज गौतम, सचिवमा अरुणकुमार भण्डारी, कोषाध्यक्षमा यादवप्रसाद शर्मालाई निर्वाचित गरेको छ भने संचालक सदस्यहरुमा रमेश कुवर, गिता गौतम, किशोर जि.सी., हरिराज रजौरे कृष्ण शर्मा तथा शरदकुमार सुन्दर निर्वाचित भएका छन् ।

    साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन गरेको छ । लेखा समितिको प्रतिबेदन, लेखापरीक्षकको प्रतिबेदन, आगामी आ.व.को सस्थाको नीति तथा कार्यक्रम साधारणसभामा पारित भएको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरुसमेत पारित भएका छन् ।

     साधारणसभामा प्रस्तुत वासलात हिसाबमा जनाइए अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी ५ करोड ४२ लाख १२ हजार २०० रुपैयाँको भएको छ । निक्षेप दायित्वतर्फ ५१ करोड ९१ लाख २१ हजार ८१८ रुपैयाँ भइ कर्जा लगानी ५४ करोड ८६ लाख ५३ हजार ५१४ रुपैयाँ हुन गएको छ ।

    यसैगरी विविध गरी चालु आ.व.मा सस्थाको कूल कारोबार ६८ करोड २६ लाख ३५ हजार ८१२ रुपैयाँ कायम भएको छ । साथै नयाँ नेतृत्वले सपथ ग्रहण गरी विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Kyarina Saccos Agm 17b .jpg


    प्रकाशित : बिहीबार , पौष १७ २०८२०७:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार