२०८३, कार्तिक १३ गते शुक्रबार

फियन सहकारीको १५औं बार्षिक साधारणसभा सम्पन्न

फियन सहकारीको १५औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष १६, २०८२ बुधबार

  • फियन सहकारीको १५औं बार्षिक साधारणसभा सम्पन्न

     

    काठमाडौं । फियन बचत तथा ऋण सहकारी सस्था लि. बबरमहल, काठमाडौंको १५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    नयाँ बानेश्वर, काठमाडौंमा सस्थाका अध्यक्ष बासुदेव खत्रीको सभापतित्वमा मङ्गलबार सम्पन्न सो साधारणसभाले अध्यक्ष खत्रीद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    चालु आ.व.को लेखासुपरीबेक्षण समितिको प्रतिबेदन, कोषाध्यक्षको प्रतिबेदन, आर्थिक प्रतिबेदनलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा मंसिर मसान्तसम्म सस्थाको शेयर पूँजी ९५ लाख ३६ हजार ६०० रुपैयाँको भएको छ भने लेखासुपरीबेक्षण समितिको प्रतिबेदन अनुसार निक्षेप रकम ४ करोड ८० लाख ४९ हजार ९०४ रुपैयाँ भइ कर्जा लगानी ४ करोड ६६ लाख ४८ हजार २५६ रुपैयाँइ हुन गएको छ ।  बैंक मौज्दात १ करोड ४४ लाख ८७ हजार ७१ रुपैयाँ कायम भएको छ ।

    यसैगरी विविध कारोबार गरी चालु आ.व.मा सस्थाको पूँजी तथा दायित्व ६ करोड २४ लाख ७० हजार ९७५ रुपैयाँको भएको छ । साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको उपस्थिति रहेको थियो । साथै साधारणसभामा विभिन्न महानुभवहरुलाई सम्मानसमेत गरिएको थियो । सभा हलको प्राङ्गणमा खाद्य पदार्थ फलफूल तथा सागपातका स्टलहरुसमेत प्रदर्शनीमा राखिएका थिए भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : बुधबार, पौष १६ २०८२१०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार