२०८३, कार्तिक १३ गते शुक्रबार

आर्जन साकोसको १६औं बार्षिक साधारणसभा सम्पन्न

आर्जन साकोसको १६औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • कार्तिक २९, २०८२ शनिबार

  • आर्जन साकोसको १६औं बार्षिक साधारणसभा सम्पन्न

     

    काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी सस्था लि. ललितपुर, कुमारीपाटी को १६औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    ललितपुर, सानेपामा सम्पन्न सो साधारणसभामा सस्थाको संचालक समितिद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित भएको छ ।

    साधारणसभाले लेखापरीक्षकको प्रतिबेदनसहित असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने नगद लाभांश वितरण सम्बन्ध, आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत चालु आ.व.को वासलात हिसाबमा जनाइए अनुसार सस्थाको शेयर पूँजी ४ करोड ५ लाख ७२ हजार ९०० रुपैयाँको भएको छ भने बचत तथा निक्षेप २७ करोड ८७ लाख ६ हजार ४३४ रुपैयाँ हुन गइ लगानी २९ करोड २० लाख ४५ हजार २२३ रुपैयाँको भएको छ । १ करोड ४ लाख ४ हजार ८०९ रुपैयाँ जगेडा कोष रहन गएको सो सहकारीले चालु आ.व.मा ३७ करोड १५ लाख ७९ हजार १९६ रुपैयाँको कुल कारोबार गरेको छ ।

    सस्थाका उपाध्यक्ष समीर महर्जनको सभापतित्व तथा सहकारी बिज्ञ चन्द्रलाल डङ्गोलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा सहकारीकर्मी, अभियन्ता, सस्थामा आवद्ध कारोबारीको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमको साथ साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शनिबार, कार्तिक २९ २०८२१०:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार