काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको सातौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, गैरीधारामा कम्पनीका अध्यक्ष सिताराम काफ्लेको सभापतित्वमा शुक्रबार सम्पन्न सो साधारणसभाले अध्यक्ष काफ्लेद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिबेदनसहित आ.व. २०८१/०८२ को असारमसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा दिइएको जानकारी अनुसार कम्पनीले चालु आ.व.को संचित मुनाफाबाट २९ लाख ४७ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
यसैगरी अधिकृत पूँजी रु. १,५०,००,००,००० र जारी पूँजी तथा चुक्ता पूँजी रु. १,२०,९५,८८,८०० पुर्याउने लक्ष्य राखेको छ ।
हाल कायम चुक्ता पूँजी रु. ७०,००,००,००० को ८ प्रतिशत अर्थात रु. ५,५९,९३,००० वोनस शेयर वितरण गर्ने कम्पनीले निर्णय गरेको छ भने कम्पनीको वोनस शेयर वितरण पश्चात् हुन आउने कूल चुक्ता पूँजी रु. ७५,५९,९३,००० को ६० प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने समेत अयोजित साधारणसभामा कम्पनीले जानकारी गराएको छ ।
साधारणसभामा कम्पनी अध्यक्ष काफ्ले, प्रबन्ध संचालक भरतराज ढकाल तथा शेयरधनीहरुले कम्पनीबारे आ-आफ्नो धारणा राखेका थिए ।
यसैबीच कम्पनीको कृषिजन्य नयाँ उत्पादन टेस्टिङ तथा स्टल प्रदर्शनसमेत गरी साधारणसभा सम्पन्न भएको थियो ।

