२०८३, कार्तिक १३ गते शुक्रबार

स्थापित योजना बहुउद्देश्यीय सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: भट्ट निर्वाचित

स्थापित योजना बहुउद्देश्यीय सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुन: भट्ट निर्वाचित


  • मेरोभ्यूज
  • कार्तिक १, २०८२ शनिबार

  • Sthapith Saccos 1a .jpg

    काठमाडौं । स्थापित योजना बहुउद्देश्यीय सहकारी सस्था लि.को १६औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    काठमाडौं, खुशिबुमा सस्थाका अध्यक्ष प्रदिप भट्टको सभापतित्वमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष भट्टद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को शनिबार प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन, लेखापरीक्षकको प्रतिबेदन, लाभांश वितरण सम्बन्ध पारित गरेको छ भने आगामी बजेट सम्बन्ध, निर्वाचन सम्बन्ध, आ.व. २०८२/०८३ को लेखापरीक्षणक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाब अनुसार चालु आ.व.मा सस्थाको शेयर पूँजी ४ करोड ९० लाख ८८ हजार ८०० रुपैयाँको भएको छ भने निक्षेप दायित्व २५ करोड १४ लाख ४१ हजार ७८२ रुपैयाँ भइ कर्जा लगानी २३ करोड ३३ लाख ९० हजार १०० रुपैयाँको हुन गएको छ ।

    एक करोड ८५ लाख १० हजार ७७९ रुपैयाँ जगेडा कोष रहन गइ चालु आ.व.को असार मसान्तसम्म सस्थाले ३८ करोड २७ लाख ८८ हजार ४१३ रुपैयाँ बराबरको कारोबार गरेको साधारणसभामा जानकारी गराइएको थियो ।

    त्यसैगरी आ.व. २०८१/०८२ मा सस्थामा उत्कृष्ठ कारोबार गर्ने टपटेन (१०) सदस्यहरुलाई बर्ष सदस्य २०८२ बाट सम्मान प्रदान गरिएको थियो ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको सहभागिता रहनुका साथै साधारणसभाले सस्थाको आगामी कार्यकालका लागि संचालक समितिको अध्यक्षमा पुन: प्रदिप भट्टलाई निर्वाचित गर्दै अन्य संचालक सदस्यहरुसमेत चयन गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

    Sthapith Saccos 1b .jpg


    प्रकाशित : शनिबार, कार्तिक १ २०८२१०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार