काठमाडौं । मुक्तिनाथ क्यापिटलको १६औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
काठमाडौं, हात्तीसारमा कम्पनीका अध्यक्ष समीर शेखर बज्राचार्यको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिको तर्फबाट अध्यक्ष बज्राचार्यद्वारा प्रस्तुत कम्पनीको बार्षिक प्रतिबेदन पारित गरेको छ ।
लेखापरीक्षकको प्रतिबेदनसहित आ.व. २०८२ असर मसान्तसम्मको वासलात, नाफा/ नोक्सान हिसाब, नगद प्रवाह विवरण सम्बन्ध साधारणसभाले पारित गरेको छ ।
आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
साधारणसभा प्रस्तुत वासलात हिसाब अनुसार चालू आ.व.मा कम्पनीको शेयर पूँजी ४०,५०,००,००० रुपैयाँको भएको छ भने कूल पूँजी ४५,७४,२४,०५० रुपैयाँ भइ लगानी १७,०८,१८,८६३ रुपैयाँ हुँदा जगेडा १,४६,४३,१२२ रुपैयाँ रहन गएछ भने कूल आम्दानी १०,२८,५१,९९९ रुपैयाँको भएको छ । त्यसैगरी चालू आ.व.मा कम्पनीको कूल सम्पत्ति १,०३,७१,३०,०१६ रुपैयाँको भएको छ ।
यसैबीच ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणासहित साधारणसभा सम्पन्न भएको थियो ।

