काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौं, कीर्तिपुरमा कम्पनीका अध्यक्ष नविन महर्जनको सभापतित्वमा शुक्रबार सम्पन्न सो साधारणसभाले अध्यक्ष महर्जनद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
त्यसैगरी लेखापरीक्षण प्रतिबेदन, वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
कम्पनीले चालू आ.व.को साउन, भदौमा विद्युत बिक्रीबाट ४,७९,७८,३९० रुपैयाँ आम्दानी गरेको छ भने आ.व. २०८१/०८२ मा १६,११,३९,३०३ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
विभिन्न बित्तीय सस्थाहरुबाट टर्म लोन ९८,००,००,००० रुपैयाँ र अर्को एक बित्तीय सस्थाबाट वर्किङ क्यापिटल लोन ५,००,००,००० रुपैयाँ लिएकोमा आ.व. २०८१/०८२ मा एनएमबी बैंक लिमिटेडबाट ८.२५ प्रतिशत निश्चित व्याज दरले कर्जा स्वाप गरी आ.व.को अन्त्यसम्म वर्किङ क्यापिटल लोन ३,५०,००,००० रुपैयाँ र टर्म लोन ५०,१७,०७,२७० रुपैयाँ कायम राख्न कम्पनी सफल भएको छ ।
यसैगरी कम्पनीले चालू आ.व.को साउन, भदौमा ८६,९१,७३७ किलोवाट विद्युत उत्पादन गर्न सफल भएको छ भने आ.व. २०८१/०८२ मा कम्पनीको जम्मा आम्दानी १४,३४,२२,६२१ रुपैयाँको भएको साधारणसभामा जानकारी गराइएको थियो ।
साधारणसभामा शेयरधनीहरुबाट उठेका जिज्ञासाको जवाफ अध्यक्ष महर्जन तथा अन्य पदाधिकारीले दिएका थिए । साथै अन्य विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

