काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, महाराजगन्जमा कम्पनीका अध्यक्ष सौरभ ढकालको सभापतित्वमा बिहीबार सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत कम्पनीको बार्षिक प्रतिबेदन पारित गरेको छ ।
यसैगरी लेखापरीक्षकको प्रतिबेदनसहित आ.व. २०८२ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथै विभिन्न विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।
साधारणसभामा दिइएको जानाकारी अनुसार आ.व. २०८२ मा विद्युत बिक्रीबाट ५,१७,८७,६०७ रुपैयाँ आम्दानी गरेको छ भने हाल कम्पनीको शेयर पूँजी २२,००,००,००० रुपैयाँको भएको छ ।
चालू आ.व.को असार मसान्तसम्म कम्पनीले सम्बन्धित वित्तीय सस्थालाई सावाँ ३४,१७,००,००० रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएको छ । कम्पनीको अधिकृत पूँजी २२,००,००,००० रहेको छ भने जारी तथा चुक्ता पूँजी पनि २२,००,००,००० नै रहेको छ ।
लमजुङ्ग जिल्लास्थित मर्स्याङ्दी गाउँपालिकामा पर्ने मिप्रा गाउँस्थित स्याङ्गे खोलास्थित स्याङ्गे खोला जलविद्युत (२.४ मे.वा.) आयोजना हो ।
साधारणसभामा शेयरधनीहरुबाट राखिएको जिज्ञासाको समाधान अध्यक्ष ढकाल र अन्य पदाधिकारीहरुले गरेका थिए भने हाल कम्पनीको काठमाडौं चन्डोलमा केन्द्रिय कर्यालय रहेको छ ।

