२०८३, कार्तिक १२ गते बिहीबार

विभिन्न प्रस्तावहरु पारित गर्दै सोपान मल्टिपल कम्पनीको १७औं बार्षिक साधारणसभा सम्पन्न

विभिन्न प्रस्तावहरु पारित गर्दै सोपान मल्टिपल कम्पनीको १७औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • आश्विन ८, २०८२ बुधबार

  • Sopan Saccos 7b .jpg

    काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडको १७औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । ललितपुर, बालकुमारीमा कम्पनीका अध्यक्ष डा. बिरेन्द्रप्रसाद महतोको सभापतित्वमा बुधबार सम्पन्न सो साधारणसभाले अध्यक्ष महतोद्वारा प्रस्तुत कम्पनीको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखापरीक्षण प्रतिबेदनसहित आ.व. २०८१/०८२ को वासलातसहित नाफा/ नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरुसमेत साधारणसभामा पारित भएका छन् ।

    चालू आ.व.मा कम्पनीको खुद नाफा रु. ९० करोड ५४ लाख २६ हजार ३७६ रहन गएको छ भने कम्पनीले जारी गरेको अवितरित हकप्रद शेयर वापतको प्रिमियम रकम रु. २ करोड २० लाख ४ हजार ८०० भइ आ.व. २०८०/०८१ को र आ.व. २०८१/०८२ को खुद नाफा समायोजन गर्दा कम्पनीको संचित मुनाफा रु. ९८ करोड ४ लाख १५ हजार ६९२ हुन गएको छ भने हाल कम्पनीको अधिकृत पूँजी रु. २ अर्व रहँदा जारी पूँजी रु. १ अर्व ४५ करोड ७५ लाख र चुक्ता पूँजी अन्तर्गत सस्थापकतर्फ रु. १ अर्व १६ करोड ६० लाख तथा सर्वसाधारणतर्फ रु. २९ करोड १५ लाख रहेको छ ।

    कम्पनीको शिक्षा, स्वास्थ्य, हाइड्रोपावरलगायत क्षेत्रमा लगानी रहेको छ । यसैबीच विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

    Sopan Saccos 7a .jpg


    प्रकाशित : बुधबार, आश्विन ८ २०८२१०:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार