काठमाडौं । मिसास बचत तथा ऋण सहकारी सस्था लि. काठमाडौं, टोखाको १७औं बार्षिक साधारणसभा हालै सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष एकमणि नेपालको सभापतित्वमा सम्पन्न सो साधारणसभाले अध्यक्ष नेपालद्वारा प्रस्तुत सस्थाको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
आ.व. २०८१/०८२ वासलात हिसाब, लेखापरीक्षण प्रतिबेदन, नाफा/नोक्सान, नगद प्रवाह विवरण सम्बन्ध साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।
चालू आ.व.मा सस्थाको शेयरपूँजी ३ करोड ८० लाख ४२ हजार २०० रुपैयाँको भएको छ भने ऋण सापटी १५ करोड २२ लाख ६८ हजार ५५९ रुपैयाँ भइ बचत निक्षेप १९ करोड ९५ लाख १८ हजार ३०८ रुपैयाँ हुन आएको छ । ८१ लाख २८ हजार ७८६ रुपैयाँ जगेडा रहेको सो सहकारीले विविध गरी चालु आ.व.मा २५ करोड १३ लाख ६० हजार ३५६ रुपैयाँको कूल कारोबार गरेको छ ।
साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, सहकारीमा आवद्ध कारोबारीहरुको उपस्थिति रहेको थियो भने विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।

