२०८३, कार्तिक १२ गते बिहीबार

पियोर इनर्जी लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न

पियोर इनर्जी लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • आश्विन ७, २०८२ मंगलबार

  • Piyor Energy Saccos 7a .jpg

    काठमाडौं । पियोर इनर्जी लिमिटेडको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    काठमाडौं, नयाँबानेश्वरमा कम्पनीका अध्यक्ष अक्षय गोल्याणको सभापतित्वमा मङ्गलबार सम्पन्न सो साधारणसभाले अध्यक्ष गोल्याणद्वारा प्रस्तुत कम्पनीको आव २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    आव २०८१/०८२ को वासलात, नाफा, नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आव २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    यस वर्षदेखि व्यसायिकरुपमा संचालनमा आएको सो कम्पनीले २० मेगावाट सौर्य फोटोवोलटिक परियोजनाको दुई ब्लकहरु संचालनमा आएको हो ।

    साधारणसभामा दिइएको जानकारी अनुसार ब्लक १ अन्तर्गत बाके जिल्लाको खजुरा गाउँपालिकास्थित रनियापुरमा १० मेगावाट परियोजना अन्तर्गत डिसी ६५५ wp र ६६० wp रहेको छ भने ६ एमभीएका टान्सफर्मर जडान गरिएको साधारणसभामा जानकारी दिइयो ।

    यसैगरी ब्लक २ अन्तर्गत डिसी क्षेमता ६४० wp र ६४५ wp मा ६ एमभीएका ट्रान्सफर्मर जडान गरी काम भइरहेको जनाइएको छ ।

    आव २०८२ को आयव्याय विवरण अनुसार संचालनबाट आम्दानी २५,९२,५६,९१५ रुपैयाँ देखाएको छ भने अन्य आम्दानी १,५१,९१,५८५ रुपैयाँ हुन गएको छ ।

    त्यसैगरी जम्मा आम्दानी २७,४४,४८,५०१ रुपैयाँहुँदै कम्पनीको शुद्ध नाफा ३,१९,७९,०३८ रुपैयाँको भएको छ ।

    कार्यक्रममा शेयरधनीहरुबाट उठेका जिज्ञासाको समाधान कम्पनी अध्यक्ष गोल्याण र अन्य पदाधिकारीले गरेका थिए ।

    साथै रिक्त रहेको संचालक सदस्यहरुमा सस्थापकबाट संजयकुमार साह, सर्वसाधारणबाट प्रवेशकुमार आचार्य र स्वतन्त्रबाट विशाखालक्ष्मी खडकालाई निर्वाचित गर्दै साधारणसभा सम्पन्न भएको थियो ।

    Piyor Energy Saccos 7b .jpg


    प्रकाशित : मंगलबार, आश्विन ७ २०८२०९:४५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार