काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको २९औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, कोटेश्वर, तिनकुनेमा शुक्रबार कम्पनीका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सो साधारणसभाले कम्पनीको आ.व. २०८०/८१ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारणसभाले लेखापरीक्षकको प्रतिबेदनसहित आ.व. २०८१ असार मसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा/नोक्सान बाडफाँड सम्बन्ध पारित गरेको छ भने आ.व. २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तवहरु साधारणसभामा पारित भएका छन् ।
त्यसैगरी कम्पनीको चुक्ता पूँजी रु. १,४४,१४,८८,०६७ को ०.९४७४ प्रतिशतका दरले हुन आउने रकम रु. १,३६,५६,२०३।०० नगद लाभांश पारित गर्दै हाल कायम चुक्ता पूँजीको १८ प्रतिशतका दरले हुने रकम रु. २५,९४,६७,८५२ बराबरको बोनश शेयर वितरण गर्ने निर्णयसमेत साधारणसभाले पारित गरेको छ ।
साधारणसभामा शेयरधनीहरुबाट राखिएको जिज्ञासाको समाधान कम्पनी अध्यक्ष मल्ल र कार्यकारी अधिकृत संचित बज्राचार्यले गरेका थिए ।
कम्पनी ३०औं बर्षमा समेत प्रवेश गरेको शुभउपलक्ष्यमा शुभकामना आदान-प्रदानसहित साधारणसभा सम्पन्न भएको थियो ।

