काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले हालै आठौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न सो साधारणसभाले कम्पनीको चालू आ.व.को बार्षिक प्रतिबेदन पारित गर्दै लेखापरीक्षकको प्रतिबेदन, वित्तीय विवरण सम्बन्ध, आ.व. २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, विभिन्न निर्णय अनुमोदन, निर्वाचन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
साधारणसभामा जनाइए अनुसार हाल कम्पनीको पूँजी संरचना अन्तर्गत अधिकृत पूँजी ३,३०,००,००,०००।०० रहेको छ भने जारी शेयर पूजी ३,३०,००,००,०००।०० हुँदा चुक्ता पूँजी २,६४,००,००,०००।०० हुन गएको छ ।
प्रारम्भिक कूल लागत रु. ८६४ करोड रहेको सो कम्पनीले कर्जा रकम रु. ६४८.४० करोड मध्य ६१७.७० करोड लिइसकेको कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त आयोजना निर्माण कार्य निरन्तर संचालनका लागि स्थानिय वासिन्दा, सर्वसाधारण, आइपिओ रकमलगायत गरी जम्मा रु. ६८५.५० करोड कर्जा लिइएको कम्पनीले साधारणसभामा जानकारी गराएको छ ।
काठमाडौं, शङ्खमूलमा सम्पन्न सो साधारणसभाले कृष्णप्रसाद आचार्य, दिलसुन्दर श्रेष्ठ, सन्दिप आचार्य, शशी लामा, अनिल घिसिङ, देवबहदुर पौडेल, अर्जुनकुमार कार्कीलाई कम्पनीको नयासंचालक समितिको सदस्यमा चयन गरेको छ । साथै साधारणसभामा उठेका जिज्ञासाको जवाफ कम्पनी अध्यक्ष आचार्यले दिएका थिए ।

