काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आठौ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
हालै कम्पनीका अध्यक्ष डा. एकनारायण चापागाईंको सभापतित्वमा सम्पन्न सो साधारणसभाले आ.व. २०८१ को कम्पनीको बार्षिक प्रतिबेदन पारित गरेको छ ।
त्यसैगरी लेखापरीक्षक प्रतिबेदनसहित २०८१ असारमसान्तसम्मको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, कम्पनीको प्रबन्ध पत्रमा संशोधन गर्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन ।
आयोजित साधारणसभामा कम्पनीको चुक्ता पूँजीको १.१ अनुपातमा शेयर निस्काशन गर्ने जनाइएको छ भने चालू आ.व.मा कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । पाच करोड ७३ लाख भन्दा बढी आम्दानी गर्न कम्पनी यस वर्ष सफल भएको छ ।
कम्पनीले बागलुङ जिल्लास्थित दरम खोला ए जलविद्युत आयोजना आन्तर्गत २०७३ साल बाट २.५ मेगावाट विद्युत उत्पादन गरी व्यावसायिक उत्पादन गर्दै आइरहेको छ ।
साधारणसभामा शेयरधनीबाट उठाइएका जिज्ञासाको जवाफ कम्पनीका अध्यक्ष डा. चापागाईंले दिएका थिए भने कुमारीगाल, काठमाडौंमा साधारणसभा सम्पन्न भएको थियो ।

