२०८३, कार्तिक १३ गते शुक्रबार

दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण, केजीकाे कति ?

दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण, केजीकाे कति ?


  • मेरोभ्यूज
  • आश्विन १५, २०७८ शुक्रबार

  • दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण, केजीकाे कति ?

    देउखुरी । दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी १५ रूपैयाँ र बोकाको खरिद मूल्यमा ४५  रूपैयाँले वृद्धि गरिएको छ ।

    बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य  ५६५ रूपैयाँ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० रूपैयाँ निर्धारण गरेको हाे ।

    त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको खरिद मूल्य प्रतिकेजी ५४५ रूपैयाँ निर्धारण गरिएको खसीबोका खरिद समिति जनाएको छ । गत वर्ष किसानबाट ज्यूँदो खसी २० देखि २५ केजीसम्मको  ५५० रूपैयाँ र त्योभन्दा माथिकोलाई प्रतिकेजी ५३५ रूपैयाँका दरले खरिद मूल्य निर्धारण गरिएको थियो ।

    त्यसैगरी अघिल्लो वर्ष बोका १८ केजीभन्दा माथिको प्रतिकेजी ५५० रूपैयाँका दरले कम्पनीले खरिद गरेको थियो । कम्पनीले गत वर्ष दशैँमा ८०१ वटा खसीबोका काठमाडौँ पठाएको थियो । यो वर्षको दशैँ तिहारका लागि एक हजार र ६०० वटा खसीबोका पठाउन लिखितरुपमा पत्राचार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिए ।

    दशैँ तिहारका लागि यहाँबाट एक हजार खसी बोेका खरिद गरि काठमाडौँ पठाइने छ । पहिलो चरणमा ६०० दोस्रो चरणमा बाँकी खसीबोका खरिद गरेर पठाउने तयारी रहेको उनको भनाइ थियो । खसीबोका यही असोज २२ गते काठमाडौँ पुग्ने गरी पठाउने तयारी भएको छ ।

    लिमिटेडले दशैँ, तिहार र छठपर्वका अवसरमा खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । योबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।


    प्रकाशित : शुक्रबार, आश्विन १५ २०७८०८:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार