काठमाडौं । सनसाईन बहुउद्देश्यीय सहकारी सस्था लि., ताहाचल, काठमाडौंको २५औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
काठमाडौं, कालिमाटीमा शनिबार सस्थाका अध्यक्ष कान्छा गुरुङ (किशोर)को सभापतित्व तथा कामनपा १३ वडा कार्यवाहक अध्यक्ष रामबाबु कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष गुरुङद्वारा प्रस्तुत बार्षिक प्रतिबेदन पारित गरेको छ भने लेखापरीक्षकको प्रतिबेदनसहित असार मसान्तसम्मको वासलात, आव २०८१ को नाफा नोक्सान हिसाब, निर्वाचन सम्बन्ध, आव २०८१/०८२ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छ्न ।
साधारणसभामा प्रस्तुत प्रतिबेदन आव २०८१ असारमसान्तसम्मको वासलात हिसाब अनुसार सस्थाको शेयर पूजी ९९ लाख ६५ हजार रुपैयाँको भएको छ भने निक्षेप हिसाब तथा सापटी १२ करोड ४८ लाख ३ हजार ३७७ रुपैयाँ ४० पैसाको हुँदा कर्जा तथा सापट ७ करोड २१ लाख ७ हजार ९८४ रुपैयाँ ४० पैसाको हुन आएको छ ।
त्यसैगरी भुक्तानी दिनुपर्ने हिसाब १७ करोड ८३ लाख ८८ हजार २९७ रुपैयाँ ४३ पैसा भइ रहँदा पाउनु पर्ने हिसाबतर्फ १९ करोड ५१ लाख ३३ हजार ३५७ रुपैयाँ ३८ पैसा हुन आएको छ ।
यसैबीच चालू आवमा विविध गरी सस्थाले २६ करोड ९६ लाख ४५ हजार ९१७ रुपैयाँ ६४ पैसाको कुल कारोबार गर्न सफल भएको छ ।
साधारणसभाले आगामी कार्यकालका लागि सस्थाको अध्यक्षमा पुनः कान्छा गुरुङ (किशोर) लाई निर्वाचित गरेको छ भने अन्य संचालक सदस्य तथा लेखा समिति सदस्यहरुसमेत चयन गरी विविध कार्यक्रमको साथमा साधारणसभा सम्पन्न भएको थियो ।
-----

