२०८३, कार्तिक १३ गते शुक्रबार

मल खरिदका लागि सरकारले १२ अर्ब ७१ करोड थप्याे

मल खरिदका लागि सरकारले १२ अर्ब ७१ करोड थप्याे


  • मेरोभ्यूज
  • पौष १८, २०७८ आइतबार

  • मल खरिदका लागि सरकारले १२ अर्ब ७१ करोड थप्याे

    काठमाडाैं । सरकारले रासायनिक मल खरिदका लागि रू १२ अर्ब ७१ करोड थप गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्यमा वृद्धि भएकाले चालु आवमा मल खरिदका लागि नियमित बजेटमा विनियोजित रू १५ अर्बका अतिरिक्त रू १२ अर्ब ७१ करोड थप गरिएको हो ।

    कृषि तथा पशुपक्षी मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विभागीयमन्त्री महिन्द्रराय यादवले अन्तर्राष्ट्रिय बजारमा मलको उत्पादनमा कमी आएकाले मूल्य वृद्धि भएको बताए । उनले १२ हजार ५०० मेट्रिक टन मल मौज्दात रहेको भए पनि आगामी दिनमा हुने मलको चाप धान्न सक्ने अवस्था नरहेको जानकारी दिए । 

    उनले आगामी तीन महिनासम्म ७५ हजार मेट्रिक टन मल आवश्यक पर्ने देखिएको उल्लेख गरे । मन्त्री यादवले खरिदका लागि टेण्डर भइसकेको एक लाख ५० हजार मेट्रिक टन अन्तर्राष्ट्रिय बजारमा देखिएको विषम परिस्थितिले आयात हुन नसकेकाले अभाव भएको भए पनि त्यो परिमाण आउने प्रक्रियामा रहेको बताए ।

    कृषि सचिव डा गोविन्दप्रसाद शर्माले मलको समस्या निराकरणका लागि मन्त्रालयबाट प्रयास भइरहेको उल्लेख गर्दै आगामी दिनमा मलको सहज व्यवस्थापन तथा आपूर्तिमा प्रदेश र स्थानीय तहसमेतलाई व्यवस्थित बनाइने जानकारी दिए । अर्का सचिव निरु दाहालले उखुको मूल्य निर्धारणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट यही पुस १४ गते सिफारिस गरी पठाइएको बताइन् ।


    प्रकाशित : आइतबार, पौष १८ २०७८०९:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार