२०८३, कार्तिक १३ गते शुक्रबार

अर्थ मातहत निकायका दोस्रो त्रैमासिक समीक्षा, अर्थतन्त्रमा सुधार र पूँजी निर्माणमा लाग्न अर्थमन्त्रीको निर्देशन

अर्थ मातहत निकायका दोस्रो त्रैमासिक समीक्षा, अर्थतन्त्रमा सुधार र पूँजी निर्माणमा लाग्न अर्थमन्त्रीको निर्देशन


  • मेरोभ्यूज
  • चैत्र ५, २०७८ शनिबार

  • अर्थ मातहत निकायका दोस्रो त्रैमासिक समीक्षा, अर्थतन्त्रमा सुधार र पूँजी निर्माणमा लाग्न अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । अर्थ मन्त्रालय मातहतका महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग, आन्तरिक राजस्व विभाग, ऋण असुली न्यायाधीकरण, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, संचय कोष, राजस्व परामर्श समिति, एमसिसी परियोजना, बीमा समिति, बीमा संस्थान, बीमा कम्पनी, नेपाल राष्ट्र बैंकलगायतको दोस्रो त्रैमासिक समीक्षा सम्पन्न भएको छ ।

    चाल आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकका लागि राखिएको लक्ष्यअनुसार अधिकांश काम सम्पन्न भएको सबै निकायले जानकारी दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री जनादर्न शर्मा ‘प्रभाकर’ले नीति निर्माणमार्फत अर्थतन्त्रमा सुधार गर्न र पूँजी निर्माणमा ध्यान दिन निर्देशन दिए । संस्था सुधार गर्ने, प्रविधिको प्रयोग गने, प्रविधिको अपडेट गरिरहनेलगायत कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

    उनले नियम कानूनले सरकारी संयन्त्रलाई बाँधेर राखेको भन्दै सच्याउन निर्देशन दिए । ‘हामी आफैंले बनाएको नियम, कानूनले आफैंलाई बाँध्ने काम गरिरहेका छौं । नियम, विनियम संशोधन गरेर कार्य प्रकृति अनुकूल बनाउनस्’ उनले भने । उनले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आयातमा परेको चापका कारण अर्थतन्त्रका केही सूचक अपेक्षाकृत नभएपनि विस्तारै सुधार भइरहेको बताए ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले डलर भित्र्याउन सहजीकरण गर्नुपर्ने, रेमिट्यान्स एजेन्टको कमिसनदर बारे अध्ययन गरेर विदेशमा रहेका नागरिकको पैसा सहज रुपमा नेपाल भित्र्याउन पहल गर्ने तथा रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउन सबै प्रकारका पहलकदमी अवलम्बन गर्नुपर्ने सुझाव दिए । 

    राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले विदेशी मुद्राको चाप बढेको भन्दै समाधानका लागि ध्यान दिन निर्देशन दिए । उनले सबै निकाय जिम्मेवार भई काम गरे वर्तमान अर्थव्यवस्थामा सुधार गरी जनतामाझ राम्रो नतिजा दिन सकिने विश्वास व्यक्त गरे । 

    राजस्व सचिव कृष्णहरि पुस्करले जनतालाई आभाष हुने गरी सेवा दिनसक्नुपर्ने बताए । ‘हाम्रो कार्यशैलीमा सुधार गरौं र हामीले गरेको काम जनस्तरसम्म पुग्ने गरी जिम्मेवारी बहन गरौं’ उनले भने । 


    प्रकाशित : शनिबार, चैत्र ५ २०७८०८:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार