२०८३, कार्तिक १३ गते शुक्रबार

श्रम काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान

श्रम काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान


  • मेरोभ्यूज
  • माघ २०, २०७८ बिहीबार

  • श्रम काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान

    काठमाडाैं । सरकारले चार श्रम गन्तव्य मुलुकका लागि श्रम काउन्सेलर र श्रम सहचारीको छनोटका लागि निवेदन आह्वान गरेको छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले आज एक सूचना प्रकाशित गरी संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, कतार र बरहाइनका लागि काउन्सेलर र सहचारी छनोटका लागि निवेदन आह्वान गरेको हो । 

     मन्त्रालयले युएई र साउदीका लागि एकएक जना श्रम काउन्सेलर तथा कतार र बहराइनका लागि एकएक जना श्रम सहचारीका लागि आह्वन गरेको छ । काउन्सेलर राजपत्राङ्कित द्वितीय श्रेणी र श्रम सहचारी राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी छनोट गर्ने गरिएको छ । 

     काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनोट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ ले तोकेको योग्यता पुगेका कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । इच्छुक कर्मचारीले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन सक्नेछन् । 

    Councilier.jpg


    प्रकाशित : बिहीबार , माघ २० २०७८०८:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार