२०८३, कार्तिक १३ गते शुक्रबार

किन म्यानपावर कम्पनीको वर्गीकरण गर्दैछन् श्रममन्त्री ?

किन म्यानपावर कम्पनीको वर्गीकरण गर्दैछन् श्रममन्त्री ?


  • मेरोभ्यूज
  • माघ २०, २०७८ बिहीबार

  • किन म्यानपावर कम्पनीको वर्गीकरण  गर्दैछन् श्रममन्त्री ?

    काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था (म्यानपावर कम्पनी)लाई वर्गीकरण गर्ने तयारी गरेको छ । मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

    कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा मेनपावर कम्पनीका प्रतिनिधि सदस्य छन् । कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचकहरु तयार गर्नेछ ।

     वर्गीकरण गर्दा वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको भनाइ छ । वैैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गीकरण गर्न लागिएको उनको प्रष्टीकरण छ । नेपालमा अहिले करिव ८ सय ६० वटा म्यानपावर कम्पनी छन् । 


    प्रकाशित : बिहीबार , माघ २० २०७८०७:२०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार