२०८३, कार्तिक १३ गते शुक्रबार

साउदीमा अलपत्र रानाको उपचार र उद्धारमा सरकारको पहल

साउदीमा अलपत्र रानाको उपचार र उद्धारमा सरकारको पहल


  • मेरोभ्यूज
  • माघ ९, २०७८ आइतबार

  • साउदीमा अलपत्र रानाको उपचार र उद्धारमा सरकारको पहल

    काठमाडौं । सरकारले रोजगारीका क्रममा साउदी अरबको जेद्धामा पुगेर अलपत्र परेका जाजरकोटका आइस रानाको उपचार र उद्धारमा पहल थालेको छ । कोठमा गम्भीर अवस्थामा छटपटाइरहेका रानाको भिडियो सामाजिक सञ्जालमा व्यापक बनेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा सरकारी अधिकारीहरु उनको उद्धारमा जुटेका हुन् । 

    राना पीडाले छटपटाइरहेको तस्वीर र भिडियो सार्वजनिक भएपछि आइतबार रियादस्थित नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीसहितको टोली सो स्थानमा पुगेको थियो । टोलीले उनको स्वास्थ्यवस्थाबारे जानकारी लिएको श्रम मन्त्रालयले जनाएको छ । 
    श्रम सहचारी प्रेम उपाध्याय र भाषा अनुवादकसहित दूतावासको टोलीले बिरामी रानालाई उपचारका लागि स्थानीय अस्पताल लगेको छ । दूतावासले रानासहित जेद्धामा अलपत्र परेका आठ नेपाली श्रमिकलाई दैनिक खानाको प्रवन्ध गर्दै आएको थियो ।

    आठमध्ये एकजना नेपाल फर्किसकेका छन् । अन्य छ जना मंगलबार नेपाल फर्कनेछन् । रानाको पनि नेपाल फर्कने टिकटको व्यवस्था गरिए पनि उनको साउदी प्रहरीमा उजुरी रहेकाले केही समय लाग्ने दूतावसाले जनाएको छ ।  राना बिरामी परेपछि नेपाल फर्कने व्यवस्थाका लागि दूतावासले आइतबार नै अध्यागमन कार्यालयलाई पत्राचारसमेत गरेको थियो । उपचारपश्चात रानाको स्वास्थ्यवस्था सामान्य रहेको छ । 


    प्रकाशित : आइतबार, माघ ९ २०७८०८:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार