२०८३, कार्तिक १४ गते शनिबार

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको विशेष साधारण सभा सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको विशेष साधारण सभा सम्पन्न


  • मेरोभ्यूज
  • चैत्र १९, २०८२ बिहीबार

  • Prabhu Mahalaxmi Agm 19a .jpg

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।

    भाटभटिनी, नक्साल, काठमाडौंमा कम्पनीकी अध्यक्ष सम्झना अर्यालको सभापतित्वमा बिहीबार सम्पन्न सो साधारण सभाले कम्पनीको संस्थापक शेयरधनीहरूको १०% शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ ।

    त्यसैगरी सभाले प्रबन्ध तथा नियमावलीमा नियमकारी निकायहरूले फेरबदल थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा तथा कुनै भाषिक परिवर्तन गर्नुपरेमा सोको जिम्मा सञ्चालक समितिलाई नै पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ ।

    त्यसैगरी साधारण सभामा शेरधनीहरूद्वारा कम्पनीबारे उठाइएका विभिन्न सवालहरूको जवाफ अध्यक्ष अर्याल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दिएका थिए ।

    यसैबीच आगामी दिनहरूमा कम्पनीलाई अझ प्रभावशाली बनाइ अगाडि बढाइने तथा शेयरधनीहरूको मागलाई मध्यनजर राखी सम्बोधन गरिनेसमेत कम्पनीले जनाएको छ । साथै अन्य विविध विषयहरूसमेत छलफल गरी साधारण सभा सम्पन्न भएको थियो ।

    Prabhu Mahalaxmi Agm 19b .jpg


    प्रकाशित : बिहीबार , चैत्र १९ २०८२१०:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार