२०८३, कार्तिक १३ गते शुक्रबार

निब्स सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न

निब्स सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न


  • मेरोभ्यूज
  • पौष १९, २०८२ शनिबार

  • निब्स सहकारीको १६औं बार्षिक साधारणसभा सम्पन्न

     

    काठमाडौं । निब्स बचत तथा ऋण सहकारी सस्था लि. ठमेल, काठमाडौंको १६औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    सामाखुसी, काठमाडौंमा सस्थाका अध्यक्ष क्षेत्रबहादुर महोत्रा क्षेत्रीको सभापतित्व तथा काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष खेमराज तिवारीको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न सो साधारणसभाले सस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष क्षेत्रीद्वारा प्रस्तुत आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    साधारणसभाले लेखापरीक्षण प्रतिबेदन, आ.व. २०८२/०८३ को सस्थाको नीति तथा कार्यक्रम, बजेट सम्बन्ध पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, सस्थाले गरेको निर्णय अनुमोदन सम्बन्धलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा प्रस्तुत वासलात हिसाबमा जानाइए अनुसार २०८२ असार मसान्तसम्म सस्थाको शेयर पूँजी १ करोड ७ लाख ५४ हजार ६०० रुपैयाँको भएको छ । निक्षेप दायित्वतर्फ २ करोड ८८ लाख ७ हजार ७१० रुपैयाँको भएको छ भने कर्जा लगानी ३ करोड ६० लाख ४० हजार ४५० रुपैयाँ हुन गएको छ ।

    यसैगरी विविध कारोबार गरी असार मसान्तसम्म सस्थाले ४ करोड ५१ लाख ७० हजार ६३८ रुपैयाँको कूल कारोबार गरेको छ ।

    साधारणसभामा सहकारीकर्मी, अभियन्ता, समाजसेवी, सस्थामा आवद्ध कारोबारीलगायतको सहभागिता रहेको थियो भने विविध कार्यक्रमका साथमा साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : शनिबार, पौष १९ २०८२०९:०८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार