२०८३, कार्तिक १३ गते शुक्रबार

सानिमा बैंकको २१औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

सानिमा बैंकको २१औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित


  • मेरोभ्यूज
  • कार्तिक १३, २०८२ बिहीबार

  • सानिमा बैंकको २१औं बार्षिक साधारणसभा सम्पन्न, विभिन्न प्रस्तावहरु पारित

     

    काठमाडौं । सानिमा बैंक लिमिटेडको २१औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

    हालै नक्साल भाटभटेनीमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न सो साधारणसभाले संचालक समितिद्वारा प्रस्तुत बैंकको आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।

    लेखापरीक्षकको प्रतिबेदनसहित २०८२ असारमसान्त सम्मको नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण साधारणसभाले पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने सम्बन्ध, चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्ध, निर्वाचन सम्बन्ध तथा विशेष प्रस्तावहरुलगायतका प्रस्तावहरु साधारणसभामा पारित भएका छन् ।

    साधारणसभामा दिइएको जानकारी अनुसार समिक्षा बर्ष आ.व. २०८२ को अन्त्यसम्म बैंकको निक्षेप गत बर्षको तुलनामा १३.०९ प्रतिशतले वृद्धि भइ रु. २ खर्ब २५ अर्ब ४८ करोड हुन पुगेको छ ।

    कर्जा ११.२२ प्रतिशतले वृद्धि भइ रु. १ खर्ब ८३ अर्ब ४५ करोडको भएको छ ।

    चालू खाता आ.व. २०८१/०८२ मा रु. चार सय नौ अर्ब २० करोड बचत रहेको छ भने समिक्षा बर्षमा पूँजीगत ट्रान्सफर ६९.४ प्रतिशतले वृद्धि भइ रु. नौ अर्ब ८४ करोड पुगेको छ भने बैदेशिक लगानी रु. १२ अर्ब दुई करोड कायम भइ शोधनान्तर स्थिति रु.५९४ अर्ब ५४ करोड बचतमा रहेको साधारणसभामा जानकारी गराइएको थियो ।

    साधारणसभामा शेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ अध्यक्ष पौडेल तथा प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाँडेले दिएका थिए ।

    साथै बैंकको संचालक सदस्यहरुमा तुकप्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाखलाई निर्वाचित गर्दै साधारणसभा सम्पन्न भएको थियो ।


    प्रकाशित : बिहीबार , कार्तिक १३ २०८२०४:२९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार