२०८३, कार्तिक १४ गते शनिबार

तीन महिनामा आठ लाख आम्दानी

तीन महिनामा आठ लाख आम्दानी


  • मेरोभ्यूज
  • बैशाख ३०, २०८२ मंगलबार

  • तीन महिनामा आठ लाख आम्दानी

    सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेको थियो । उनले सबै खर्चसहित रु. छ लाख खर्च गरेको थियो । त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताए ।

    तीन महिना मेहनत गरेर आलुखेतीबाट रु. आठ लाख आम्दानी गर्न सफल भएको मेहताको भनाइ छ । रु. १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर रु. आठ लाख आम्दानी भएको उनले बताए ।

    “विभिन्न समस्या त छन्, मजदूर, खाद्य मलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो”, मेहताले भने ।

    यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिए ।

    यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनले बताए । समग्रमा वार्षिकरूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।


    प्रकाशित : मंगलबार, बैशाख ३० २०८२०८:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार