२०८३, कार्तिक १२ गते बिहीबार

म्युजिकल चियर र हाँडी फुटाउने प्रतियोगितामा अधिकारी र अर्याल विजयी

म्युजिकल चियर र हाँडी फुटाउने प्रतियोगितामा अधिकारी र अर्याल विजयी


  • मेरोभ्यूज
  • फाल्गुण ५, २०८१ सोमबार

  • म्युजिकल चियर र हाँडी फुटाउने प्रतियोगितामा अधिकारी र अर्याल विजयी

    काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)को ६४औं वार्षिकोत्सवका अवसरमा आयोजित म्युजिकल चियर प्रतियोगितामा राससको पुस्तकालय शाखा प्रमुख शशीधर अधिकारी विजयी भएका छन् ।

    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससले सोमबार आयोजना गरेको सो प्रतियोगितामा सहभागी १५ जनालाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

    यस्तै हाँडी फुटाउने प्रतियोगितामा लेखा सहायक सीता अर्याल विजयी भएकी छिन् । प्रतियोगितामा विजयीलाई नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले पुरस्कार प्रदान गरे ।

    राससको ६४औं वार्षिकोत्सवका अवसर पारेर सङ्गठनले आजै मैत्रीपूर्ण दौड प्रतियोगिता आयोजना गरेको थियो ।

    उक्त प्रतियोगितामा पुरुषतर्फ सम्पादक हरि लामिछाने प्रथम, सम्पादन सहयोगी छविलाल कुमाल दोस्रो तथा महिलातर्फ समाचारदाता वुनु थारु चौधरी प्रथम र फोटो सम्पादक सीता भट्टराई दोस्रो भइन् ।


    प्रकाशित : सोमबार, फाल्गुण ५ २०८१११:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार