काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग गणतन्त्र दक्षिण कोरियाका विशेष दूत हि मिस्टर लो लोङ्गली (HE. Mr. Lo Longly) र नेपाल कोरियाली राजदूत महामहिम हि मिस्टर पार्क ट्याक योङ्ग (HE. Mr. Park Tac Young)लगायतको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेका थिए ।
दक्षिण कोरियाका विदेशमन्त्रीका विशेष दूतले नेपाली श्रमिकहरुले दक्षिण कोरियामा राम्रो काम गरेको र कोरियाको अर्थतन्त्रमा ठूलो योगदान पुर्याएकोमा उच्च प्रशसा गर्दै आगामी दिनमा समेत ईपिएसमार्फत नेपाली कामदारलाई कोरिया लैजाने र सीपयुक्त कामदारलाई अवसर दिने सम्बन्धमा समेत दक्षिण कोरिया सकारात्मक रहेको बताए ।
मन्त्री भण्डारीले वैदेशिक रोजगारीका लागि नेपालीको उत्कृष्ट गन्तब्य मुलुकको रुपमा रहेकोले रोजगारीका अवसरहरुमा नेपाली कामदारलाई उच्च प्राथमिकता दिनुका साथै सीपयुक्त जनशक्ति निर्माण गर्ने कार्यमा समेत सहकार्यका लागि विशेष प्रतिनिधिलाई धन्यवाद दिएका थिए ।

