२०८३, कार्तिक १३ गते शुक्रबार

श्रममन्त्री भण्डारीसँग इजरायली राजदूत भेट

श्रममन्त्री भण्डारीसँग इजरायली राजदूत भेट


  • मेरोभ्यूज
  • मंसिर १२, २०८१ बुधबार

  • श्रममन्त्री भण्डारीसँग इजरायली राजदूत भेट

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि इजरायली राजदूत शुमलिक एरी बासले भेटवार्ता गरेका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बुधबार भएको सो भेटवार्तामा नेपाल र इजरायलबीच भएको द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयन, ‘केयरगिभर’का रुपमा छनोट भएका नेपाली कामदारहरुलाई यथाशीघ्र इजरायल पठाउने र कामदारको स्रोत मुलुकका रुपमा नेपाललाई इजरायलले सूचीकृत गर्ने विषयमा छलफल भएको जनाएको छ ।

    मन्त्रालयका सहायक प्रवक्ता वसन्तबहादुर बोहराले मन्त्री भण्डारी र राजदूत बासबीच कृषि, निर्माणलगायत अन्य क्षेत्रमा नेपाली कामदार पठाउनका लागि पहल गर्ने, कृषि प्रविधि हस्तान्तरण गर्ने, सीप विकास, भाषा तालिम, स्वास्थ्य परीक्षण, श्रमिकको हकअधिकार संरक्षण र सुरक्षालगायत विषयमा दुवै देशबीच थप कूटनीतिक पहल गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

    राजदूत बासले नेपाली कामदार केयरगिभिङका क्षेत्रमा उत्कृष्ट रहँदै आएको र हाल इजरायलमा युद्धविरामसमेत घोषणा भइसकेको हुँदा उत्तीर्ण भएका सबै नेपाली कामदारहरुलाई क्रमशः लैजाने जानकारी गराएको थियो ।

    राजदूत बासले भेटका क्रममा नेपाली कामदारहरुलाई कृषि, निर्माणलगायत अन्य क्षेत्रमा समेत लैजान सकिने जानकारी दिए ।


    प्रकाशित : बुधबार, मंसिर १२ २०८१११:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार