२०८३, कार्तिक १३ गते शुक्रबार

बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति

बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति


  • मेरोभ्यूज
  • कार्तिक ३, २०८१ शनिबार

  • बल्खु तरकारी बजारमा रु तीन करोडको क्षति

    काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित फलफूल तथा तरकारी बजारमा वर्षाका कारण रु तीन करोड बराबरको क्षति भएको छ ।

    पन्ध्र रोपनी क्षेत्रफलमा फैलिएको बजार सूर्यकमल प्रालिले सञ्चालन गर्दै आएको यो बजार बागमती र बल्खु खोलाको प्रभाव क्षेत्रमा पर्छ ।

    बजारमा करिब पाँच सय थोक तरकारी तथा कृषि सामग्री बिक्री कक्ष रहेको प्रालिका लेखापाल रेशव जोशीले जानकारी दिए । अविरल वर्षापछि आएको बाढीले बजार क्षेत्र अस्तव्यस्त छ । बजारमा अझै हिलो पन्छ्याउने कार्य जारी छ ।

    चार वर्षदेखि यहाँ थोक पसल चलाइरहेका गोपाल कटुवालले दसैँका लागि रु वीस लाखको सामान राखेकामा बाढीले सबै नष्ट गरेको बताए ।


    प्रकाशित : शनिबार, कार्तिक ३ २०८११०:५८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार