२०८३, कार्तिक १२ गते बिहीबार

वसन्त, धिरज र रवीन्द्रलाई एआईजी बनाउन सिफारिस

वसन्त, धिरज र रवीन्द्रलाई एआईजी बनाउन सिफारिस


  • मेरोभ्यूज
  • चैत्र १, २०७८ मंगलबार

  • वसन्त, धिरज र रवीन्द्रलाई एआईजी बनाउन सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका ३ डीआईजीलाई एआईजी बनाउन सिफारिस गरिएको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयको मंगलबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बजाउन सिफारिस गरेको हो । 

    यसरी सिफारिसमा पर्नेहरुमा वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुक रहेका छन् । पन्त हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । सिंह केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) मा कार्यरत छन् भने धानुक प्रहरी प्रधान कार्यालयको कार्य एवं अपराध अनुसन्धान विभागमा छन् । 

    सरकारले केही दिन अघि मात्रै प्रहरीमा एआईजीको दरबन्दी थप गरेको थियो । सिफारिसमा परेकाहरूलाई मन्त्रिपरिषद्ले बढुवा गर्नेछ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामि वैशाख १८ गते अवकाश पाएपछि यी तीन सहित ८ जना एआइजी प्रहरी महानिरिक्षकको दाबेदारीमा हुनेछन् ।  

    AIG.jpg

     


    प्रकाशित : मंगलबार, चैत्र १ २०७८०९:५४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार