२०८३, कार्तिक १३ गते शुक्रबार

शान्ति सेना २८औं डफ्फाको पहिलो टोली कङ्गो प्रस्थान

शान्ति सेना २८औं डफ्फाको पहिलो टोली कङ्गो प्रस्थान


  • मेरोभ्यूज
  • मंसिर १८, २०७८ शनिबार

  • शान्ति सेना २८औं डफ्फाको पहिलो टोली कङ्गो प्रस्थान

    काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आह्वाननमा शान्ति स्थापनाका सिलसिलामा अफ्रिकी मुलुक कङ्गोमा तैनाथ हुन २८औँ डफ्फाको पहिलो टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ ।

    त्यहाँ तैनाथ भवानीदल गण २७औँ डफ्फालाई बदली गर्न फष्ट रैफल गण २८औँ डफ्फाको शान्ति सेनाको पहिलो टोली प्रस्थान गरेको हो । प्रमुख सेनानी वसन्तबहादुर गौतमको नेतृत्वमा २१९ शान्ति सैनिक मिशन ईलाका प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सेनाले छ दशकदेखि संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा सहभागी भई द्वन्दग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । कोभिड–१९ सङ्क्रमणबीच सम्पूर्ण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरुप अदली बदलीको व्यवस्थापन गरिएको सेनाले जानकारी दिएको छ ।


    प्रकाशित : शनिबार, मंसिर १८ २०७८०९:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार