२०८३, कार्तिक १२ गते बिहीबार

सर्वसाधारण ठगिन सक्ने भन्दै प्रहरीले भन्याे- म्यादी प्रहरीकाे आवेदन मागिएकाे छैन

सर्वसाधारण ठगिन सक्ने भन्दै प्रहरीले भन्याे- म्यादी प्रहरीकाे आवेदन मागिएकाे छैन


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०७८ बिहीबार

  • सर्वसाधारण ठगिन सक्ने भन्दै प्रहरीले भन्याे- म्यादी प्रहरीकाे आवेदन मागिएकाे छैन

    काठमाडाैं । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित/प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ ।

    निर्वाचनमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी प्रहरी) भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी हालसम्म यस्तो सूचना प्रकाशित/प्रसारित नगरिएको जानकारी गराएको हाे ।

    निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीका सम्बन्धमा नेपाल प्रहरीको वेबसाइट र सार्वजनिक सञ्चार माध्यमबाट भविष्यमा प्रकाशित हुने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    Notice.jpg

     


    प्रकाशित : बिहीबार , फाल्गुण २६ २०७८०६:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार