२०८३, कार्तिक १२ गते बिहीबार

रुसमा पछिल्लो २४ घण्टामा ३२ हजार ९७४ नयाँ कोभिड-१९ सङ्क्रमित

रुसमा पछिल्लो २४ घण्टामा ३२ हजार ९७४ नयाँ कोभिड-१९ सङ्क्रमित


  • मेरोभ्यूज
  • मंसिर १८, २०७८ शनिबार

  • रुसमा पछिल्लो २४ घण्टामा ३२ हजार ९७४ नयाँ कोभिड-१९ सङ्क्रमित

    मस्काे । रुसमा पछिल्लो २४ घण्टामा ३२,९७४ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या ९,७६९,०११ पुगेको संघीय प्रतिक्रिया केन्द्रले शनिबार जनाएको छ।

    बितेको २४ घण्टामा रुसका ८५ क्षेत्रहरूमा ३२,९७४ कोभिड-१९ केसहरू पुष्टि भएका छन् जसमा क्लिनिकल लक्षणहरू नभएका २,२३२ केसहरू (६.८%) छन् भने वृद्धि दर ०.३४% रहेको छ। सबैभन्दा धेरै कोरोनाभाइरस केसहरू, ३,३५६ , मस्कोमा पुष्टि भएको थियो। त्यसैगरी सेन्ट पिटर्सबर्गले २,५२८ जनामा सङ्क्रमण भएको जनाएको छ ।

    त्यसपछि मस्को क्षेत्रले २,०७५ नयाँ केसहरू दर्ता गरेको छ। प्रतिक्रिया केन्द्रले कोभिड-१९ सँग सम्बन्धित सङ्क्रमणबाट १,२१५ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै देशमा सङ्क्रमणबाट मृत्यु हुने कुल मृतकको सङ्ख्या २,८०,०७२ पुगेको छ।


    प्रकाशित : शनिबार, मंसिर १८ २०७८०९:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार