२०८३, कार्तिक १२ गते बिहीबार

५२१ मा कोरोना सङ्क्रमण

५२१ मा कोरोना सङ्क्रमण


  • मेरोभ्यूज
  • फाल्गुण १, २०७८ आइतबार

  • ५२१ मा कोरोना सङ्क्रमण

    काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो । छ हजार ३७ ले पीसीआर र चार हजार ७८ ले एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    गत २४ घण्टामा तीन हजार ९३५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूलमा सङ्क्रमण दर १८ दशमलव दुई प्रतिशत छ । कोभिड विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा ५६ हजार १२ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ५८४ रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा ३३ र आइसियुमा १८१ रहेको छ । होम आइसोलेशनमा २१ हजार ६९२, संस्थागत आइसोलेशनमा ८९२ र क्वारेन्टिनमा ११८ रहेका छन् । काठमाडौँ उपत्यकामा आज १५० मा सङ्क्रमण पुष्टि भएको छ ।

    काठमाडौँमा सात हजार ९७, ललितपुर ४४ र भक्तपुरमा नौ जनामा सङक्रमण देखिएको छ । हाल देशभर कूल तीन करोड ५३ लाख १५ हजार ७१५ खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

    हालसम्म पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोड ४२ लाख ३८ हजार ९९२ र दोस्रो मात्रा लगाउनेको सङ्ख्या एक करोड ६३ लाख ९७ हजार ९७७ पुगेको छ । बुष्टर खोप लगाउनेको सङ्ख्या सात लाख १८ हजार ७४६ पुगेको छ 


    प्रकाशित : आइतबार, फाल्गुण १ २०७८०५:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार