२०८३, कार्तिक १२ गते बिहीबार

ओरालो लाग्दै सङ्क्रमण, एक हजार ७१४ सङ्क्रमित थपिए

ओरालो लाग्दै सङ्क्रमण, एक हजार ७१४ सङ्क्रमित थपिए


  • मेरोभ्यूज
  • माघ २२, २०७८ शनिबार

  • ओरालो लाग्दै सङ्क्रमण, एक हजार ७१४ सङ्क्रमित थपिए

    काठमाडाैं । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज आठ हजार ५३१ नमूना परीक्षण गर्दा एक हजार ७१४ मा सङ्क्रमण पुष्टि भएको छ ।

    यससँगै नेपालमा हालसम्म पीसीआर विधिबाट नौ लाख ६५ हजार २२२ र एन्टिजेन विधिबाट परीक्षण गर्दा एक लाख ३४ हजार ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५२ हजार ७८० छ । आज चार हजार ७७१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

    हालसम्म नौ लाख ६३९ कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट नौ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ८०३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


    प्रकाशित : शनिबार, माघ २२ २०७८०७:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार