२०८३, कार्तिक १३ गते शुक्रबार

ठगी आरोपमा ट्रिपलस्टार म्यानपावरका संचालक गुरूङ पक्राउ

ठगी आरोपमा ट्रिपलस्टार म्यानपावरका संचालक गुरूङ पक्राउ


  • मेरोभ्यूज
  • माघ २०, २०७८ बिहीबार

  • ठगी आरोपमा ट्रिपलस्टार  म्यानपावरका संचालक गुरूङ पक्राउ

    काठमाडाैं । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ ले बिहिबार गुरुङलाई पक्राउ गरेको हो ।

    युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट जनही रू सात लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।

    हालै उक्त म्यानपावर कम्पनीमा पीडितसँग भिडियो खिच्न गएका युटुबरमाथि आक्रमण भएको थियो । पक्राउ परेका गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा लगिएको छ ।


    प्रकाशित : बिहीबार , माघ २० २०७८०८:४०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार