२०८३, कार्तिक १२ गते बिहीबार

‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण (भिडियाे)

‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण (भिडियाे)


  • मेरोभ्यूज
  • माघ १७, २०७८ सोमबार

  • ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य सामग्री प्रहरीलाई हस्तान्तरण (भिडियाे)

    काठमाडाैं । शुभमिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’को श्रव्यदृश्य (अडियोभिडियो) आज प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार तथा गायक हरिवंश आचार्यले हस्तान्तरण गरे ।

    उक्त गीत चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने खालको रहेको छ । समाजमा चेलीबेटी बेचबिखनका घटनाक्रम बढिरहेको र गरिबी, बेरोजगारीलगायत कारणले चेलीबेटी बेचबिखन भइरहेको छ ।

    त्यसैले समाजमा सचेतना अभिवृद्धि गरी मानव बेचबिखनका घटना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले उक्त भिडियो सामग्री प्राप्त गरेको हो । उक्त श्रव्यदृश्य सामग्री प्रहरी कार्यालयका विभिन्न कार्यक्रमका साथै समुदाय प्रहरी साझेदारी कार्यक्रममा प्रचारप्रसार गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


    प्रकाशित : सोमबार, माघ १७ २०७८०९:१५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार