२०८३, कार्तिक १२ गते बिहीबार

आगामी जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति

आगामी जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति

स्थानीय तह ऐन संशोधन गर्ने गठबन्धनको निर्णय


  • मेरोभ्यूज
  • माघ १५, २०७८ शनिबार

  • आगामी जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति

    काठमाडाैं । स्थानीय तहको निर्वाचन आगामी जेठभित्र हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सरकार सञ्चालनमा सहयोग गर्न गठित पाँच दलीय उच्चस्तरीय संयन्त्रले सो सुझाव दिएको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले संयन्त्रको सुझावपछि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने बताए । बैठकले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन गर्न प्रधानमन्त्रीमार्फत सरकारलाई सुझाव दिएको हो ।

    बैठकले संविधानसँग बाझिएका कानून तथा ऐन संशोधन गर्नुपर्ने भए त्यो तयारीका लागि समेत सरकारलाई सुझाव दिएको उनले बताए । मन्त्री कार्कीले भने, “अब सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तय गर्छ ।”

    विसं २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो । त्यसलाई समेत मध्यनजर गरी संविधानसँग बाझिएका कानुन मिलाएर सरकारले आगामी जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने उनले बताए ।

    सत्तारुढ गठबन्धनका दलहरु स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने निष्कर्षमा समेत पुगेका छन् । बैठकले स्थानीय तह निर्वाचन ऐन–२०७३ संविधानसँग बाझिएको भन्दै संशोधन गर्न सरकारलाई सुझाव दिएको उनले बताए । 

    देशलाई संविधानसम्मत ढङ्गले अगाडि बढाउन लोकतान्त्रिक मूल्यअनुरुप आवधिक निर्वाचन सम्पन्न गर्न पाँच दलीय गठबन्धन प्रतिबद्ध रहेको उनको भनाइ छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा बसेको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जानमोर्चाका शीर्षनेता सहभागी थिए । 


    प्रकाशित : शनिबार, माघ १५ २०७८०८:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार