२०८३, कार्तिक १३ गते शुक्रबार

नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवशेन स्थगन

नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवशेन स्थगन


  • मेरोभ्यूज
  • माघ ११, २०७८ मंगलबार

  • नेपाल आयुर्वेद चिकित्सक संघको दशौं महाधिवशेन स्थगन

    काठमाडाैं । कोरोना महामारी बढेपछि नेपाल आयुर्वेद चिकित्सक संघको दशौँ महाधिवेशन स्थगन भएको छ । संघको महाधिवेशन यही माघ २१ र २२ गते आयोजना गरिएको थियो ।

    कोरोना नियन्त्रण गर्न सरकारले भीडभाड गर्न रोक लगाएका कारण अर्को सूचना प्रकाशित नभएसम्म संघको महाधिवेशन स्थगन गरिएको अध्यक्ष डा प्रकाश ज्ञवालीले जानकारी दिए । कोरोना संक्रमण मत्थर भएपछि पुनः महाधिवेशन गरिने संघले जनाएको छ ।

    संघको महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको थियो । महाधिवेशन स्थगन भएसँगै संघले सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण जारी रहेकाले नवीकरण र सदस्यता लिन सम्पूर्ण आयुर्वेद चिकित्सकसँग आग्रहसमेत गरेको छ ।


    प्रकाशित : मंगलबार, माघ ११ २०७८०७:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार