काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्षा पुष्षपकलम दाहाल (प्रचण्ड) पत्नी सीता अस्पतालबाट डिस्चार्ज भएकी छिन् । जटिल स्वास्थ्य समस्या भाेगिरहेकी दाहाललाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।
उनलाई काेराेना देखिएपछि भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएकाे थियाे । स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको छ ।


