२०८३, कार्तिक १३ गते शुक्रबार

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)


  • मेरोभ्यूज
  • आश्विन २९, २०८३ बिहीबार

  • सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

     

    काठमाडौँ । शिक्षा तथा खेलकूद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका एक सय नौवटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ ।

    दुई हजार भन्दा धेरै विद्यार्थी भएका एक सय नौवटा विद्यालयको भौतिक संरचना सुदृढीकरणका लागि कुल छ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।

    यस मध्ये पहिलो चरणमा ८९ वटा विद्यालयको पहिचान गरी पाच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ ।

    प्रतिविद्यालय करिब छ करोड रुपैयाँको लागतमा आधुनिक १२ कोठे तीन तले भवन, अत्याधुनिक प्रयोगशाला र समृद्ध पुस्तकालय निर्माण गर्ने गरी काम तीव्र पारिएको शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले बताएको छ ।

    'पहिलो चरणमा ८९ वटा विद्यालयका लागि पाच अर्ब ३४ करोड रुपैयाँ निकासा गरी अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइरहेका छौँ ।

    प्रतिविद्यालय करिब छ करोड रुपैयाँको लागतमा बन्ने यी भवनहरूमा आधुनिक कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालयको समेत व्यवस्था हुनेछ,' मन्त्री पोखरेलले भनेको छ, 'यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ ।'

    पहिलो चरणमा निकासा भएको ८९ वटा विद्यालयको विवरण विश्लेषण गर्दा, ८९ मध्ये ३७ प्रतिशतभन्दा बढी अर्थात् ३३ वटा विद्यालय मधेश प्रदेशका परेका छन् ।

    मधेश प्रदेशको साक्षरता दर, शैक्षिक सूचकांक र सरकारी विद्यालयको गुणस्तर सुधारमा अझ संवेदनशील र गम्भीर भएर काम गर्नुपर्ने आवश्यकता रहेकाले बजेट तथा विद्यालय छनोटमा यस प्रदेशलाई उच्च प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ ।

    मधेशका ठूला विद्यालयहरूमा पूर्वाधारको अभाव हटाएर पठन-पाठनको वातावरण सुधार्नु नै सरकारको मुख्य लक्ष्य रहेको जनाएको छ ।

    मधेश प्रदेशपछि लुम्बिनी र कोशी प्रदेशमा पनि ठूलो संख्यामा विद्यालयहरू परेका छन् ।

    लुम्बिनी प्रदेशका २१ वटा विद्यालय पूर्वाधार विकासका लागि छनोट भएका छन्, जसमा रुपन्देहीका आठ र दाङका छवटा विद्यालय समावेश छन् ।

    त्यस्तै, कोशी प्रदेशबाट १८ वटा विद्यालय परेका छन्, जहाँ झापा र मोरङका छ–छवटा सहितका विद्यालय सूचीकृत छन् ।

    अन्य प्रदेशहरूको हकमा, सुदूरपश्चिम प्रदेशका छवटा विद्यालय (कैलालीका तीन, कञ्चनपुर, दार्चुला र बाजुराका एक–एकवटा) यस योजनामा परेका छन् ।

    गण्डकी प्रदेशका छवटा विद्यालय (कास्कीका तीन, नवलपरासी पूर्वका दुई र तनहुँको एकवटा) छनोट भएका छन् भने कर्णाली प्रदेशका तीनवटा विद्यालय (सुर्खेतका दुई र जुम्लाको एकवटा) परेका छन् ।

    बागमती प्रदेशबाट भने दुईवटा विद्यालय मात्र परेका छन् ।

    सूचीमा हेर्नुहोस्, कुन प्रदेशका कुन विद्यालय ?

    १. कोशी प्रदेश (१८ वटा विद्यालय)

    त्रियुगा नमूना माध्यमिक विद्यालय – त्रियुगा नगरपालिका, उदयपुर

    त्रिवेणी माध्यमिक विद्यालय – कटारी नगरपालिका, उदयपुर

    धुलाबारी माध्यमिक विद्यालय – मेचीनगर नगरपालिका, झापा

    हिमालय माध्यमिक विद्यालय – दमक नगरपालिका, झापा

    देवी माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा

    महेन्द्र रत्न माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा

    कन्काई माध्यमिक विद्यालय – कन्काई नगरपालिका, झापा

    मोहनमाया माध्यमिक विद्यालय – विर्तामोड नगरपालिका, झापा

    भानु माध्यमिक विद्यालय – फुङ्लिङ नगरपालिका, ताप्लेजुङ

    फिदिम माध्यमिक विद्यालय – फिदिम नगरपालिका, पाँचथर

    साजीलाल माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ

    राधिका माध्यमिक विद्यालय – उर्लाबारी नगरपालिका, मोरङ

    पञ्चायत माध्यमिक विद्यालय – पथरी शनिश्चरे नगरपालिका, मोरङ

    सुकुना माध्यमिक विद्यालय – सुन्दरहरैचा नगरपालिका, मोरङ

    पोखरिया माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ

    आदर्श माध्यमिक विद्यालय – विराटनगर महानगरपालिका, मोरङ

    जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय – बराहक्षेत्र नगरपालिका, सुनसरी

    पब्लिक हाई स्कूल – धरान उप महानगरपालिका, सुनसरी

    २. मधेश प्रदेश (३३ वटा विद्यालय)

    शंकट मोचन देवशरण माध्यमिक विद्यालय – जनकपुरधाम उपमहानगरपालिका, धनुषा

    जनता मोडेल माध्यमिक विद्यालय – विदेह नगरपालिका, धनुषा

    विद्यानाथ देवनारायण जनता मोडेल विद्यालय – मुखियापट्टी मुसहरनिया गाउँपालिका, धनुषा

    गोगलप्रसाद नमूना माध्यमिक विद्यालय – जनकपुरधाम उपमहानगरपालिका, धनुषा

    याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय – जनकपुरधाम उपमहानगरपालिका, धनुषा

    नरसिंह माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा

    त्रिजुद्ध महावीर रघुवीर दास माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा

    जिल्ला उचाङ्गाल रामदेव - कलवार माध्यमिक विद्यालय – पोखरिया नगरपालिका, पर्सा

    माइस्थान विद्यापिठ माध्यमिक विद्यालय – वीरगञ्ज महानगरपालिका, पर्सा

    नेपाल राष्ट्रिय मोडल माध्यमिक विद्यालय – जितपुर सिमरा उपमहानगरपालिका, बारा

    दुर्गा माध्यमिक विद्यालय – कलैया उप महानगरपालिका, बारा

    गौरीशंकर माध्यमिक विद्यालय – निजगढ नगरपालिका, बारा

    गढीमाई महेन्द्र प्राविधिक माध्यमिक विद्यालय – महागढीमाई नगरपालिका, बारा

    श्री ३ चन्द्र माध्यमिक विद्यालय – कलैया उपमहानगरपालिका, बारा

    भेरुखी माध्यमिक विद्यालय – लोहरपट्टी नगरपालिका, महोत्तरी

    राष्ट्रिय माध्यमिक विद्यालय – साम्सी गाउँपालिका, महोत्तरी

    महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय – रामगोपालपुर नगरपालिका, महोत्तरी

    सरस्वती माध्यमिक विद्यालय – गढीमाई नगरपालिका, रौतहट

    कटहरिया माध्यमिक विद्यालय – कटहरिया नगरपालिका, रौतहट

    जनता माध्यमिक विद्यालय सोनरनिया – मौलापुर नगरपालिका, रौतहट

    जुद्द माध्यमिक विद्यालय – गौर नगरपालिका, रौतहट

    नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालय – राजदेवी नगरपालिका, रौतहट

    रामचन्द्र माध्यमिक विद्यालय – गरुडा नगरपालिका, रौतहट

    नमूना माध्यमिक विद्यालय वरगजवा – वृन्दावन नगरपालिका, रौतहट

    जनज्योति माध्यमिक विद्यालय – चन्द्रपुर नगरपालिका, रौतहट

    जय किसन माध्यमिक विद्यालय – देबाही गोनाही गाउँपालिका, रौतहट

    माध्यमिक विद्यालय पथरा बुधराम – मौलापुर नगरपालिका, रौतहट

    सरस्वती माध्यमिक विद्यालय – दुर्गा भगवती गाउँपालिका, रौतहट

    नारायण माध्यमिक विद्यालय – ईश्वरपुर नगरपालिका, सर्लाही

    जनज्योती माध्यमिक विद्यालय – लालबन्दी नगरपालिका, सर्लाही

    बेनीभोला मोडेल माध्यमिक विद्यालय – गोडैता नगरपालिका, सर्लाही

    मोहन माध्यमिक विद्यालय – मिर्चैया नगरपालिका, सिरहा

    चन्द्र माध्यमिक विद्यालय – सिरहा नगरपालिका, सिरहा

    ३. बागमती प्रदेश (दुईवटा विद्यालय)

    गान्धी माध्यमिक विद्यालय – कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौँ

    नारायणी नमूना माध्यमिक विद्यालय – भरतपुर महानगरपालिका, चितवन

    ४. गण्डकी प्रदेश (छवटा विद्यालय)

    अमरसिंह माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की

    कालिका माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की

    छोरेपाटन माध्यमिक विद्यालय – पोखरा महानगरपालिका, कास्की

    जनक माध्यमिक विद्यालय – गैडाकोट नगरपालिका, नवलपरासी पूर्व

    भीमसेन आदर्श माध्यमिक विद्यालय – देवचुली नगरपालिका, नवलपरासी पूर्व

    सत्यवती माध्यमिक विद्यालय – व्यास नगरपालिका, तनहुँ

    ५. लुम्बिनी प्रदेश (२१ वटा विद्यालय)

    नेपाल आदर्श माध्यमिक विद्यालय – शिवराज नगरपालिका, कपिलवस्तु

    जनता माध्यमिक विद्यालय – बाणगङ्गा नगरपालिका, कपिलवस्तु

    पद्मोदय पब्लिक माध्यमिक विद्यालय – घोराही उपमहानगरपालिका, दाङ

    माध्यमिक विद्यालय रजेना – घोराही उपमहानगरपालिका, दाङ

    माध्यमिक विद्यालय तुलसीपुर सेन्टर – तुलसीपुर उपमहानगरपालिका, दाङ

    सिद्धरत्न माध्यमिक विद्यालय – तुलसीपुर उपमहानगरपालिका, दाङ

    गुरु जजुर माध्यमिक विद्यालय – तुलसीपुर उपमहानगरपालिका, दाङ

    बाल विकास माध्यमिक विद्यालय – घोराही उपमहानगरपालिका, दाङ

    रामतुलसी माध्यमिक विद्यालय – रामपुर नगरपालिका, पाल्पा

    त्रिभुवन माध्यमिक विद्यालय – कोहलपुर नगरपालिका, बाँके

    धम्बोझी माध्यमिक विद्यालय – नेपालगञ्ज उपमहानगरपालिका, बाँके

    मङ्गलप्रसाद माध्यमिक विद्यालय – नेपालगञ्ज उपमहानगरपालिका, बाँके

    कालिका मानव ज्ञान माध्यमिक विद्यालय – बुटवल उपमहानगरपालिका, रुपन्देही

    नविन औद्योगिक रिता माध्यमिक विद्यालय – बुटवल उपमहानगरपालिका, रुपन्देही

    शान्ति नमूना माध्यमिक विद्यालय – तिलोत्तमा नगरपालिका, रुपन्देही

    कान्ति भैरम माध्यमिक विद्यालय – बुटवल उपमहानगरपालिका, रुपन्देही

    पब्लिक माध्यमिक विद्यालय – सियारी गाउँपालिका, रुपन्देही

    रामापुर माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही

    सैनामैना माध्यमिक विद्यालय – सैनामैना नगरपालिका, रुपन्देही

    रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालय – सिद्धार्थनगर नगरपालिका, रुपन्देही

    बालकल्याण माध्यमिक विद्यालय – रोल्पा नगरपालिका, रोल्पा

    ६. कर्णाली प्रदेश (तीनवटा विद्यालय)

    चन्दननाथ माध्यमिक विद्यालय – चन्दननाथ नगरपालिका, जुम्ला

    अमरज्योति माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

    जन माध्यमिक विद्यालय – वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

    ७. सुदूरपश्चिम प्रदेश (छवटा विद्यालय)

    महेन्द्रनगर माध्यमिक विद्यालय – भीमदत्त नगरपालिका, कञ्चनपुर

    त्रिनगर माध्यमिक विद्यालय – धनगढी उपमहानगरपालिका, कैलाली

    दुर्गालक्ष्मी मोडेल माध्यमिक विद्यालय – गोदावरी नगरपालिका, कैलाली

    कर्णाली माध्यमिक विद्यालय – टीकापुर नगरपालिका, कैलाली

    महेन्द्र मोडल माध्यमिक विद्यालय – महाकाली नगरपालिका, दार्चुला

    मालिका माध्यमिक विद्यालय – बडीमालिका नगरपालिका, बाजुरा


    प्रकाशित : बिहीबार , आश्विन २९ २०८३१०:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार