२०८३, कार्तिक १३ गते शुक्रबार

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद

विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद


  • मेरोभ्यूज
  • आश्विन २७, २०८३ मंगलबार

  • विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद

     

    पोखरा । शिक्षा तथा खेलकूद मन्त्रालयले प्रस्तावित विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थी केन्द्रित बनाउने उद्देश्यले गण्डकी प्रदेशका शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

    पोखरामा आयोजित ‘शिक्षा संवाद-भाग २ (गण्डकी प्रदेश छलफल)’मा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

    कार्यक्रममा मन्त्रालयका राजनीतिक सल्लाहकार सरोज गौतम, हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्मा, प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारी, गण्डकी विश्वविद्यालयका उपकुलपति कृष्ण अधिकारी, एन-प्याब्सनका महासचिव प्रकाश खड्का तथा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य प्यानलिस्टका रूपमा सहभागी भएका थिए ।

    कार्यक्रममा विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि, सार्वजनिक तथा निजी शिक्षण संस्थाबीचको सहकार्य, नीतिगत स्पष्टता र प्रस्तावित विद्यालय शिक्षा ऐनमा समेट्नु पर्ने विषयमा छलफल भएको थियो ।

    मन्त्रालयले शिक्षा क्षेत्रका शिक्षक, विद्यालय सञ्चालक, शिक्षाविद्, स्थानीय तह तथा अन्य सरोकारवालाका सुझावलाई नीति निर्माण प्रक्रियामा समेट्दै विद्यार्थीको आवश्यकता र कक्षाकोठाको वास्तविकतालाई सम्बोधन गर्ने शिक्षा ऐन निर्माणमा जोड दिएको छ ।

    यस्ता संवादबाट प्राप्त सुझावले नेपालको विद्यालय शिक्षा प्रणालीलाई थप गुणस्तरीय, समावेशी, सिर्जनशील र समयसापेक्ष बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


    प्रकाशित : मंगलबार, आश्विन २७ २०८३१०:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार