२०८३, कार्तिक १३ गते शुक्रबार

समयमा नतिजा निकाल्न शिक्षा मन्त्रीको निर्देशन

समयमा नतिजा निकाल्न शिक्षा मन्त्रीको निर्देशन


  • मेरोभ्यूज
  • माघ ११, २०७८ मंगलबार

  • समयमा नतिजा निकाल्न शिक्षा मन्त्रीको निर्देशन

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । मंगलवार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुग्नुभएका विश्वविद्यालयका सहकुलपति पौडेलले यो अथवा त्यो वाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिए । 

    ‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो छ,’ उनले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् ।’

    सामान्यतः परीक्षा भएको ३ महिनापछि नतिजा आउने भए पनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराए । 

    ‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवा ग्राहीको काम हुनप¥यो’ मन्त्रीले पौडेलले भने । देशकै ठूलो विश्वविद्यालयमा पूरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग उनले आग्रह गरे । 

    ‘मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्’ मन्त्री पौडेलले भने, ‘देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् ? ।’ विश्वविद्यालय सिस्टममा नभएको भन्दै भौतिक संरचना एवम् विद्यार्थीलाई दिने सेवा प्रविधिमन्त्री हुनपर्नेमा जोड दिए । 

    ‘विद्यार्थीहरुको मानविक शंकायमा धेरै गुनासो छ, सम्बोधन गर्नुहोस्,’ मन्त्री पौडेलले भने, ‘जनशक्ति थप्ने हाम्रो काम हो सेवाग्राहीलाई त्यो थाहा हुँदैन । गुनासो कम आउने गरी काम गर्नुहोस् ।’ सोही क्रममा परीक्षा नियन्त्रक जोशीले प्रर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताए । 

    पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्ने एक वर्ष लाग्ने जोशीको भनाइ छ । उनले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गरे ।


    प्रकाशित : मंगलबार, माघ ११ २०७८०२:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार